गृहपृष्ठ » News » राजमार्गका खाल्डाले दुर्घटनाको उच्च जोखिम

राजमार्गका खाल्डाले दुर्घटनाको उच्च जोखिम

 Posted by Itahari Fm | error | ८०७ पटक

सडक सुरक्षाको जिम्मेवारी पाएको निकायले चासो नदिँदा मुलुकै प्रमुख राजमार्ग मृत्यु माग बन्ने खतरा बढेको छ । पूर्वपश्चिम राजमार्ग र कोशी राजमार्ग देशकै प्रमुख सडक मार्ग मध्ये पर्दछन् । तर यहि राजमार्गका खाल्डाखुल्डी सवारी दुर्घटनाको उच्च जोखिम बन्न पुगेको हो । दैनिक जसो यो मार्ग भएर गुड्ने सवारी साना ठुला सवारी दुर्घटनामा पर्ने गरेका छन् ।
पछिल्लो समयमा हुने सवारी दुर्घटनाको प्रमुख कारक मध्ये राजमार्गका वीच भागमा परेको ठुल ठुला भ्वांग परेका खाल्डा हुन । तिव्र गतिमा गुड्ने सवारीका चक्का एक एक खाल्डोमा परेपछि दुर्घटनामा पर्ने गरेका छन् ।
विशेष गरी बर्षायामको समयमा ठुला खाल्डामा पानी जमेर नदेखिएका कारण सवारी दुर्घटनामा पर्ने गर्छन् । यस्ता खाल्डाहरु विभिन्न स्थानमा छन् । त्यसमा पनि विशेष गरी इटहरी क्षेत्रमा बढि देखिन्छ । इटहरीको टेग्राँखोला माथिको पुलमा बनेको खाल्डाहरु उच्च जोखिममा रहेका छन् । साँघुरो पुल र त्यसमा पनि खाल्डामा पानी भएपछि दैनिक जसो दुर्घटना हुने गरेको छ ।
कोशी राजमार्ग अन्र्तगतको इटहरीबाट विराटनगर जाने बाटोको साथी पेट्रोल पम्म अगाडि निकै ठुला खाल्डाहरु रहेका छन् । यस्तै पूर्व मन्त्रि रामकुमार सुब्बाको घरकै अगाडि पनि ठुला खाल्डाहरु छन् । धरान रोडको विच भागमै ठुलो खाल्डो परेको छ ।सडकको विच भागमै खाल्डो परेको र बर्षाको पानीले खाल्डो भरिएर नदेखिँन हुँदा तिव्र गतिमा आएका मोटरसाईकल, साना सवारीहरु दुर्घटनामा पर्ने गरेका छन् । मोटरसाईकल, सिटि सफारी तथा साना सवारीहरु कुदाउन समस्या हुने गरेको चालकहरु बताउँछन् । सुन्दरदुलारी ६का खेम गौतम विराटनगर जाँदा पटक पटक खाल्डाकै कारण दुर्घटनाको जोखिमबाट बाल बाल बचेको बताए । उपमहानगरपालिका र सडक डिभिजन कार्यालयले चासो नदिएकै कारण यात्रुहरु जोखिम मोलरै यात्रा गर्न बाध्य भएको बताए ।khalda 5
साना सवारीका चालकलाई मात्र होइन ठुला सवारीका चालकहरुलाई झन समस्या हुने गरेको उनीहरु बताउँछन् । तिव्र गतिमा कुदेर आएको अवस्थामा खाल्डोमा चक्का परे पछि बस तथा ट्रक पल्टीने खतरा हुने गरेको धरान विराटनगर रुटमा गाडि चलाउने देवेन्द्र राई बताउँछन् । तिव्र गतिमा झ्याम्मै ब्रेक लागाउँदा गाडि पल्टिने साथै गाडि भित्रका यात्रुहरुलाई चोट लाग्ने चालक राई बताउँछन् ।
सडकको कारणले दुर्घटना हुने तर दोष जति यातायात व्यवसायी र चालकले पाउने गरेको यातायात व्यवसायी अनुरोध थापा बताउँछन् । सडकको अवस्थामा सुधार हुने हो भने तराई क्षेत्रमा कमै मात्र दुर्घटना हुने उनको भनाई छ ।
यता इटहरी क्षेत्रका सडकको अवस्था विग्रीदै जाँदा सरोकारवाला निकाय इटहरी उपमहानगरपालिका भने आफ्नो जिम्मेवारी नभएको बताउँछ । सडक सुरक्षाको जिम्मेवारी सडक डिभिजनको भएको भन्दै सडकले नै मर्मत गर्नुपर्ने इटहरी उपमहानगरपालिका कार्यकारी अधिकृत महेशराज तिम्सिना बताउँछन् । सडक डिभिजन कार्यालयलाई पटक पटक पत्राचार गर्दा पनि काम नभएको उनले बताए । बरु उल्टै स्थानिय स्तरमा हालिएको गिटीको पनि विल पेश गरेर सडकका कर्मचारीले आर्थिक अनियमितता गर्ने गरेको अधिकृत तिम्सिना बताउँछन् ।
दैनिक हुने यस्ता दुर्घटनामा भौतिक तथा मानविय क्षति हुँदा पनि जिम्मेवारी पाएको निकाय सडक डिभिजन कार्यालय भने कानमा तेल हालेर बसेको छ । सडकको मर्मत तथा स्तरउन्नती गर्नुपर्ने जिम्मेवारी पुरा नगर्दा सडकमा बनेका खाल्डाखुल्डीले सवारी दुर्घटनाको जोखिमलाई बढाएको छ ।
चौतर्फी विरोध हुन थालेपछि सडक डिभिजन कार्यालयले ठुला खाल्डामा टालटुले काम गर्न थालेको छ । खाल्डा पुर्ने भन्दै गिटि हाल्न थालेको सडक डिभिजन कार्यालयबाट गिटी पुर्ने काममा खटिएका सुपरभाईजर शिव दाहालले बताए । बर्षामा अरु काम गर्न नसकिने भन्दै तत्कालका लागि खाल्डा पुर्ने मात्र काम भएको बताए । कालोपत्र पछि हिउँद लागेपछि गर्ने उनले सुनाए । सडकले यतिबेला इटहरीको साथी पेट्रोल पम्प अगाडि गिटी झारेको छ ।khalda2
तत्कालका लागि सर्वसाधरणको आँखामा छारो हाल्ने तरिकाले काम बाट भने सर्वसारधणले असन्तुष्टी जनाएका छन् । पटक पटक सडक डिभिजनले आँखामा छारो हाल्ने गरेको साथी पट्रोल पम्प नजिक घर भएका नगेन्द्र चौलागाईले बताए ।
सडकको सुरक्षा गर्ने निकायले जिम्मेवारी निर्वाह नगर्दा सडक मार्ग मृत्यू मार्ग झै बन्न पुगेको छ । यस तर्फ सम्बन्धित निकायले चासो दिन आवश्यक छ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook