राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टले रोकिएको सातौं राष्ट्रिय खेलकुुद प्रतियोगिता आगामी मंसिर ८ गते बाट सुरुहुने बताउनु भएको छ । इटहरीमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सदस्य सचिव बिष्टले पुर्वाञ्चलमा हुने भनिएको सातौं राष्ट्रिय खेलकुुद तोकिएको समयमा हुने दावी गर्नुभयो ।
प्रतियोगिता सञ्चालनका लागि सदस्य सचिवको संयोजकत्वमा २८ सदस्य कार्यसमिति निर्माण हुने सचिव विष्टले बताउनुभयो । समितिले नै कुन खेल कहाँ खेलाउने तय हुने विष्टले वताउनुभयो । पुर्वाञ्चलका ६जिल्लामा ३५ मध्ये ३२ ओटा खेल खेलाइने छ । यस अघि आन्तरिक कारणले ३ खेल अगाडि नै सम्पन्न भइसकेको छ ।
मंसिर ८ गते देखि उद्घाटन हुने कार्यक्रमका लागि सम्पुर्ण जिल्लामा भदौ २० गते देखि विभिन्न खेलमा प्रतिस्पर्धा गर्न इच्छुक रहेका खेलाडिका लागि आवेदन फर्म खुल्ला गरिने छ । जसलाई जिल्ला स्तरीय टोलीले असोज १४ गते सम्ममा जिल्ला छनोट सम्पन्न गर्नुुु पर्नेछ । मंसिर ३ गते सम्ममा क्षेत्रीय छनोट सकेका खेलाडिलाई एक हप्ता क्लोज क्याम्पमा राखि प्रशिक्षण दिइने छ ।
विराटनगरको शहिद रंगशालामा उद्घाटन हुने खेलमा पुर्वाञ्चको मेचि अञ्चलको इलाममा १, झापामा ५, मोरङमा ११, सुनसरीमा १३ सप्तरीमा १ र सिराहामा १ ओटा खेल खेलाइने छ ।
खेल सम्पन्न गर्न लाग्ने कुल ३७ करोड ६८ लाख मध्ये सरकारले बजेटमा २३ करोड रुपैया छुुट्याएको छ । तर सदस्य सचिव विष्टले सरकारले बढाएको तवल स्केलसँगै खेलाडि र प्रशिक्षकहरुलाई दिइने भक्ता समेत बढेको हुँदा त्यसले थप ५ करोडको व्ययभार बढाउने बताउनुभयो ।
गृहपृष्ठ » News » सातौँ राष्ट्रिय खेलकुद मंसिरमा हुन्छ: विष्ट
सातौँ राष्ट्रिय खेलकुद मंसिरमा हुन्छ: विष्ट
Posted by Itahari Fm | error | १३३ पटक


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।




