गृहपृष्ठ » Program Archive » कर सम्बन्धि कार्यक्रम (करका कुरा) भाग ५

कर सम्बन्धि कार्यक्रम (करका कुरा) भाग ५

 Posted by Itahari Fm | error | ३०३ पटक

कार्यक्रम करका कुरा आन्तरिक राजश्व कार्यालय धरानको सहयोगमा इटहरी एफ.एमले तयार पारेको कर सम्बन्धि जानकारी मुलक कार्यक्रम हो ।करको डर होइन करको भर गरौँ भन्दै प्रत्येक हप्ता तर्पाहरुलाई कर सम्बन्धि जानकारी दिने एक मात्र कार्यक्रम हो कर कुरा । कार्यक्रम हामी कर र करसँग सम्बन्धित विभिन्न जानकारीहरु दिने गछौँ ।कर भन्ने वित्तिकै हामीमा एका एक डर पैदा हुन्छ । कर प्रतिको बुझाईको अभावको कारण हामीलाई यस्तो हुन गएको हो । आजको कार्यक्रममा हामी कर सहयोगीको भुमिका र करदाताले आफ्नो कर आफैले तिर्न बानी बसाउन के गर्नुपर्छ होला भन्ने विषयमा केन्द्रित हुनेछाँै । कतिपय हाम्रा कर सहयोगीहरुले हामीलाई सहयोग त गरेकै हुन्छन् तर उनीहरुले करको विषयमा अनावश्यक डर देखाएर कर कार्यालय र करदाता वीच दुरी बढाउने गर्दछन् । कर प्रति अनावश्यक डर देखाएर सँधै आफैलाई काम गराउन भन्ने भ्रम उनीहरुमा रहेको हुन्छ । तर सवै यस्तो प्रवृत्तिका भने हुँदैनन् ।करदाताहरुले सेवाग्राही आफैले आफ्नो करको विषयमा जानकारी राख्न उत्प्रेरित पनि गर्छन् । आफै कार्यालयमा गएर आफ्नो कारोबारको विषयमा जानकारी लिन उत्प्रेरित गर्छन् । करदाता र कर कार्यालय वीचको दुरी घटाएर सुमधुर सम्बन्ध निर्माण गर्न नै सरकारले पनि उनीहरुलाई कर सहयोगी बनाएर जिम्मेवारी दिएको हो ।कर सहयोगीको भुमिका कस्तो हुनुपर्छ । अनि हरेक करदाताहरुले आफ्नो कारोबारलाई कसरी व्यवस्थित गर्नुपर्छ भन्ने विषयमा तपाईहरुलाई जानकारी दिनेछौँ । यसै विषयमा तयार पारेको नाटक जस्तो मति उस्तै गति र कर सहयोगीको भुमिकाको विषयमा आन्तरिक राजश्व कार्यालयका कर अधिकृतसँग गरिएको कुराकानी तलको यो लिंकमा क्लिक गरेर सुन्न सक्नुहुन्छ ।
तपाईले यो कार्यक्रम हरेक हप्ता प्रत्येक बुधबार राती ८ः ३० बजे इटहरी एफ.एम ९२.५ मेगाहर्जमा सुन्न सक्नुहुन्छ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg