भनिन्छ एक पटक लागेको चोटले पटक पटक पिडा दिन्छ, यस्तै पिडाले सताउने गर्छ कोशी पिडितहरुलाई ।छँदाखाँदाको खेत सप्तकोशीको बाढिले बगरमा परिणत बनाएको दिन भदौ २लाई उनीहरु कालो दिन मान्छन् । ८ बर्ष अघि पाएको पिडाले अझै सताउँछ उनीहरुलाई ।
सप्तकोशी नदिले सुनसरी स्थित पश्चिम कुशाहको पूर्वि तटबन्द भत्काएर मानव वस्ति प्रवेश गरेको आज ८ वर्ष पुरा भएको छ । ८बर्ष अघि २०६५ साल भदै २ गते सप्तकोशी नदिले पूर्वी तटबन्ध भत्काएर गाउँपसेपछि हजारौँ मानिसहरुलाई विचल्लीमा परे । हजारौँ खेतीयोग्य जमिन बगरमा परिणत भयो । कतिले ज्यान गुमाए भने ७ हजार बढि परिवार विस्थापित भए । त्यो पिडा भोगेका सुनसरीको श्रीपुरबासी समय निकै विते पनि बाढिले दिएको पिडा भने भुल्न सकेका छैनन् ।
घरमै बसेका श्रीपुर ८का तैयव मन्सुरी हेर्दाहेदै बाढिले सवै डुवाएको बताउँछन् । बाढिले घर नै डुवाउन लागेका बेला घरको छतमा बसेर ज्यान जोगाएको बताउँछन् । पछि लौकहीबाट उद्धारका लागी डुगांआएपछि सुरक्षिता स्थानमा उनी सम्झन्छन् ।
तैयव जस्ता धेरै यसरी नै ज्यान जोगाएका थिए त्यो बेला । बाढि आएपछि केवल आफ्नो र परिवारको ज्यान जोगाउन भागेको यहाँका बासिन्दाहरु । बाढिले घरबार लत्ताकपडा, पशुचौपाय सवै बगाएर लगेको श्रीपुर ८कै बेचन अन्सारी बताउँछन् । बाँध फुट्ने कुरा अन्तिम समयमा जानकारी हुँदा पनि सरकारी पक्षको उदासीनताका कारण बढि क्षतिपुग्न गएको बेचन बताउँछन् । 
त्यो दिन सम्झँदा कहाली लाग्ने उनीहरु बताउँछन् ।सरकारले दिने भनेको क्षतिपूर्ति अझै नपाएको कोशीपिडितहरु गुनासो गर्छन् । सरकारले बाढि प्रभावितहरुलाई बर्गिकरण गरि ५० हजार घरफिर्ती र ३० किवी काठ उपलब्ध गराउने बताएको थियो । तर अझै क्षतिपूर्ति नपाएको उनीहरुको भनाई छ ।सक्ने र पहँुच हुने पाएको तर बोल्न नसक्नेले अझै पाउन नसकेको श्रीपुरका मोहमद अनिस बताउँछन् ।
तर सरकारी पक्ष भने सप्तकोशी बाढिबाट प्रभावितहरुलाई ठुलो रकम निकास भएको दावी गर्छ । जिल्ला प्रशासन कार्यालय सुनसरीको लेखाफाँटमा कोशी पिडितका नाममा १ अर्ब ९ करोड,९७ लाख,८२ हजार ४ सय ७६ रुपैयाँ खर्च भएको तथ्यांक रहेको देखिन्छ । यो खर्च कहाँ कसरी गयो यसको यकिन विवरण भने भेटिन गाह्रो छ ।
यता सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहन चापागाईँ भने सप्तकोशी पिडितको विषयमा केही समस्या नभएको बताउँछन् ।कुनै पनि कोशी पिडितले आफुलाई कुनै गुनासो नगरेको उनको भनाई छ । सप्तकोशी नदिको विषयमा भने उच्च सर्तकता अपनाएको भने दावी गर्छन् ।
सुनसरीको पश्चिम कुशाहा, हरिपुर, लौकही र श्रीपुर गाविसका किसानहरुको उब्जाउ योग्य हजारौ विगाह जमिन हेर्दाहेर्दै कोशीले बालुवामा परिणत गरेको थियो । आज पनि ती क्षेत्र मरुभुमि भन्दा फरक भएका छ्रैनन् । जमिनदारबाट एका एक सुकुम्बासी बनाईदियो कोशीले । अनाजको थुप्रो हुने खेतमा अहिले बालुवाले भरिएको छ । त्यही बालुवमा लगाएको पर्वल खेती पनि राम्रोसँग नहुने उनीहरु बताउँछन् ।
खेतीयोग्य जमिन बालुवाले भरिएपछि उत्पादन नहुँदा दैनिक जिवन चलाउन गाह्रो भएको स्थानिय मोतीराम प्राबिकी शिक्षीका अजमेरी खातुन बताउँछिन् । बालुवामा केही मात्रामा पर्वल खेती भएपनि ३ महिना मात्र खान पुग्ने शिक्षिका खातुन बताउँछिन् । अहिले यस क्षेत्रका आर्थिक स्तर राम्रो भएकाहरु कमाउनकालागि विदेश गएका छन् भने नसक्नेहरु मजदुरी गर्न अन्यत्र जाने गरेको उनी बताउँछिन् ।सरकारले यहाँका बासिन्दाका लागि आयआर्जनका लागि दिर्घकालिन विकल्प दिने बताएको भएपनि त्यो भने हुन सकेको छैन । आज भन्दा ८ बर्ष अघि प्रचण्ड प्रधानमन्त्री हुँदा कोशी फुटेर पिडित बनेकाहरु पुन ८ बर्ष पछि प्रचण्ड प्रधानमन्त्रि बनेको भन्दै बेचन अन्सारी आफ्ना लागि केही गरिदिने विश्वास रहेको बताउँछन् । बेचनले प्रधानमन्त्री प्रचण्डलाई कोशी प्रभावित क्षेत्रमा अनुगमन गर्न चुलो निम्तो दिए ।
गृहपृष्ठ » News » कोशीको कहर :आठ बर्ष अघिको पिडा अझै उस्तै
कोशीको कहर :आठ बर्ष अघिको पिडा अझै उस्तै
Posted by Itahari Fm | error | १३४ पटक


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।




