गृहपृष्ठ » इटहरी अपडेट » इटहरीको शुन्दरता पनि प्राथमिकतामा

इटहरीको शुन्दरता पनि प्राथमिकतामा

 Posted by Itahari Fm | error | २८८६ पटक

इटहरी उपमहानगरपालीकाका कार्यकारी अधिकृत महेसराज तिम्सीनाले इटहरीको बिकास निमार्णसंगै शहरको शुन्दरतालाइ पनि जोड्न थालेका छन ।
उपमहानगरपालिका परिसरको पोखरीमा स्टील रेलिगं बनाएर पानीको फोहरा सहितको आकर्षक गार्डेन बनाउने काम अघि बढाएका तिम्सीनाले शहर भित्रको फोहोर मैला ब्यबस्थापनमा पनि कडाइ गर्न थालेका छन ।
इटहरीको फोहोर ब्यबस्थापनको जिम्मेवारी लिएको इन्भारो केयर कन्र्सन प्रा.लि.का सन्चालक र नगर प्रहरीलाइ समेत संगै लिएर तिम्सीना फोहोर ब्यस्थापन र सडक सफाइमा आफै खटिन थालेका छन । तिम्सीनाले आज शनिबार बिहान इटहरीको हटिया लाइन र बिराटनगरलाइनमा गएर सडकमा सामान राख्ने र फोर मैला गर्नेलाइ सचेत गराएका छन ।
इन्भारो केयर कन्र्सन प्रा.लि.का सन्चालक र नगर प्रहरीसहित बिराटनगरलाइनमा भेटिएका तिम्सिनाले यो पटक सचेत गराएको र अब पनि जथाभाबी फोहोर फाले र सडकमा सामान राखे नगर प्रहरी लगाएर हटाउने र जरिवाना पनि गराउने बताएका छन ।
कार्यकारी तिम्सिनाले इटहरीको फोहोर ब्यबस्थापनको जिम्मेवारी लिएको इन्भारो कन्र्सन प्रालि.का सन्चालकलाइ पनि फोहोर ब्यबस्थापनमा हेलच्यक्राइ नर्गन भनेका छन ।
इटहरीको बिराटनगरलाइनमा कबाडी सामानको कारोबार गर्नेहरुले शहरलाइ कुरुप पारेका छन भने हटियालाइनमा भाडा पसल गर्नेहरुले सडक पुरै ढाकेर ब्यापार गर्ने गरेका छन ।
यस्ले इटहरीको शुन्दरतलाइ बिगारि रहेको छ । कार्यकारीले मात्रै होइन इटहरीका राजनितिक दलले पनि चाहे भने फराकीला सडक र हरियाली सहितको इटहरी देशकै लागि नमुना शहर बन्न सक्छ ।

इटहर उपमहानगरपालिका परिसर

22
इटहरीको बिराटनगरलाइन

11


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook