मालपोत कार्यलय सुनसरीमा राजश्व छलि हुने गरेको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थलगत अनुसन्धान सुरु गरेको छ । आईतवार अख्तियारको टोलीले इनरुवा स्थित मालपोत कार्यलय पुगेर अनुसन्धान सुरु गरेको हो ।
अख्तियारको टोलीले मालपोत प्रमुख विनोदकुमार पोख्रेलसँग राजश्व छलिका विषयमा सोधपुछ गर्नुकासाथै आवश्यक कागज समेत नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यलयका प्रमुख रविन्द्र प्रसाद शर्माले राजश्व छलिका विषयमा उजुरी आएपछि स्थलगत अनुसन्धान सुरु गरेको जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यलय सुनसरीले पनि मालपोत कार्यलयमा हुने राजश्व छलीको विषयमा लिखित जबाफ माग गरेको छ । सर्वसाधरणको जनगुनासो कीन बढिरहेको छ ? भनेर लिखित जबाफ माग गरेको र जबाफ आए पछि थप अनुसन्धान गरिने प्रजिअ मोहन चापागाँईले बताउनुभयो ।
पदमा कोलनी प्रालिले साबीक एकम्बा हाल इटहरी ९ (ग) को कुन्ता देवि श्रेष्ठको नाममा रहेको कित्ता नम्वर ६८, ७० र ४३१ को ५ विगाह १४ कठ्ठा जग्गा किन्दा राजश्वमा भ्रष्टचार भएको समाचार आएकोे थियो । मालपोतका कर्मचारी शिबहरी पोख्रेलले जग्गा किन्ने राजु प्रसाद कडेललाइ राजश्व बापत २४ लाख दिन भनेको र पोख्रेलले भने अनुसार कडेलले लेखापढि गर्ने कोइराला लेखापढि सेन्टरका नारायण कोइरालालाइ २४ लाख दिएको तर भोली पल्ट कोइरालाले ११ लाख १० हजारको मात्र रसिद दिए पछि १३ लाख राजश्व हीनामिना भएको बिषय बाहीर आएको थियो ।
मालपोतका कर्मचारीको मिलेमतोमा १३ लाख रकम त गाएब भयोनै नियमानुसार लाग्ने राजश्वनै घटाएर कम मुल्याकन गरि राजश्व छली गरको बिषय अख्तीयारमा पुगेको थियो । त्यही उजुरीका आधारमा अख्तीयारले छानबिन थालेको जनाएको छ ।
मालपोतका कर्मचारीकै मिलेमतोमा असारमै साबिक हासपोसाको एक बिगाहा १८ कठ्ठा जग्गाको तिन करोड ९९ लाख मुल्याकन हुनेमा २ करोड पचासलाख मात्र मुल्याकन गराइ राजश्व कम लिएको बिषय पनि बाहीर आएको छ । उक्त जग्गा मालपोत कर्मचारीकै मिलेमतोमा छोराहरुलाइ थाहै नदीइ आमाको मृत्यु पछि छोरीको नाममा मात्र नामसारी गराइएको समेत पाइएको छ ।
गृहपृष्ठ » News » सुनसरी मालपोतमा राजश्व छली,अख्तीयारद्धारा छानबिन सुरु
सुनसरी मालपोतमा राजश्व छली,अख्तीयारद्धारा छानबिन सुरु
Posted by Itahari Fm | error | ३३९ पटक


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।




