गृहपृष्ठ » इटहरी अपडेट » इटहरीमा करिव एक हजार विगाहा सार्वजनिक जग्गा भेटियो

इटहरीमा करिव एक हजार विगाहा सार्वजनिक जग्गा भेटियो

 Posted by Itahari Fm | error | ४९९४ पटक

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रमा करिव एक हजार विगाहा सार्वजनिक जग्गा फेला परेको छ । तत्कालिन इटहरी नगरपालिका र पछि गाभिएका साविक गाविसका विभिन्न क्षेत्रमा यस्तो सार्वजनिक तथा ऐलानी जग्गा रहेको पाइएको छ ।
ऐलानी तथा सार्वजनिक जग्गाको खोजी गर्न गठित ऐलानी पर्ती जग्गा खोजविन तथा संरक्षण समितीले प्रतिवेदन इटहरी उपमहानगरपालिका कार्यकारी अधिकृत महेशराज तिम्सिनालाई बुझाएको छ । समितीका संयोजक विकास भट्टराईले प्रतिवेदन वुझाउनुभएको थियो । प्रतिवेदनमा हालको अवस्थामा इटहरी उपमहानगरपालिकाको क्षेत्राधिकार भित्र कुल ९ सय ९५ विगाहा ६ कठ्ठा साढे १ धुर जग्गा रहेको उल्लेख गरिएको छ ।
इटहरी उपमहानगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा सार्वजनिक जग्गाहरु भु माफियाहरुले आफ्नो नाममा पारी किनवेच गरेको भन्दै सर्वसाधरणको तिव्र गुनासो आएको थियो । ऐलानी जग्गा खोजी गर्न उपमहानगरपालिकाले एक महिना अघि इन्जिनियर विकास भट्टराईको संयोजकत्वमा समिती गठन गरेको थियो । समितीको सदस्य सचिवमा गायत्री लम्साल र कर्ण बहादुर घिमिरे सदस्य रहेका थिए ।bbbbbbbb
समितीले इटहरीका सवै वडाको सर्वेक्षण , मालपोत , नापी विभागबाट प्राप्त भएको कागजपत्रका आधारमा ऐलानी जग्गाको खोजी गरि प्रतिवेदन बुझाएको हो ।प्रतिवेदन अनुसार साविक इटहरीमा २ सय ३० विगाहा ७ कठ्ठा १९ धुर सार्वजनिक जग्गा रहेको उल्लेख गरिएको छ । यता तत्कालिन साविक खनार गाविसमा सवैभन्दा बढि सार्वजनिक जग्गा भेटिएको छ । खनारमा ३ सय २६ विगाहा १९ कठ्ठा ११ धुर जग्गा रहेको देखिएको छ ।एकम्बामा १ सय ७३ विगाहा १६ कठ्ठा ११ धुर, पकलीमा १ सय २२ विगाहा ६ कठ्ठा ५ धुर र हाँसपोसा गाविसमा १ सय ४१ विगाहा १५ कठ्ठा १५ धुर ऐलानी जग्गा रहेको प्रतिवेदनमा उल्लेख गरिएकोे छ ।
कस्तो अवस्थामा छन् त ऐलानी जग्गाहरु ?
इटहरी उपमहानगरपालिकालाई बुझाएको प्रतिवेदनलाई आधार मानेर हेर्ने हो भने अझै पनि धेरै सार्वजनिक जग्गा भेटिन सकिने देखिन्छ । इटहरीका ९ वडाहरुमा कतिपय वडाहरुको वास्तविक तथ्यांक भेटिएको देखिदैन । जग्गाको स्पष्ट नापी नहुँदा कुन जग्गा कहाँ कस्तो अवस्थामा छ यकिन साथ भन्ने अवस्था देखिदैन । इटहरीको ९ नम्बर वडाको कुनै अभिलेख नभेटिएको समितीका संयोजक विकास भट्टराई बताउनुहन्छ । यस्तै ७ र ८ नम्बरको पनि थोरै मात्र जमिनको तथ्यांक देखिन्छ । पुरै जमिनको अवस्था देखिदैन । यस्तो अवस्थालाई मिहिन ढंगबाट खोजी गरिने हो भने ५० औँ विगाहा ऐलानी जग्गा हुन सक्ने जारी गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यता इटहरीको बजार क्षेत्रमा धेरै जग्गाहरु अतिक्रमणमा परेको देखिएको छ । विशेष गरि बजारको विस्तार हुँदै गर्दा पैनी ,कुलो मिचिएको छ । यस्तो ठाउँमा कतिपय बाटो बनाइएका छन् । भने कति ठाउँमा घर तथा भवनहरु बनाइएका छन् । बजारको विस्तारसँगै ऐलानी जग्गा मिच्ने क्रम बढ्दै गएको देखिएको समितीका सदस्यहरु बताउँछन् ।
इटहरीमा जग्गा अतिक्रमण गर्नेमा सामान्य मानिस देखी लिएर नाम चलेका व्यापारी,उद्योगी, राजनितिक दल, तिनका पदाधिकारी र स्वयमं इटहरी उपमहानगरपालिका कर्मचारी समेत रहेको रहेको स्रोतले बताएको छ । सवैलाई कसले कसले मिच्यो भन्ने थाहा छ तर कति मिच्यो भन्ने यकिन छैन । त्यसैले अर्काको नाम लिँदा आफ्नो पनि नाम आउने डरले सवै तैँ चुप मै चुप बनेका छन् ।
यस्तो जग्गाको खोजी गरि आफ्नो स्वामित्वमा ल्याउन र मिचिएको जग्गाको पनि खोजी गर्न समितीले प्रतिवेदनमा सुझाव पनि दिएको छ ।समितीले यस्ता ऐलानी जग्गाहरु कतिपय व्यक्तिले आफ्नो हातमा परेर दुरुपयोग गरिरहेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यस्ता जग्गाहरुको संरक्षण गर्न पनि उपमहानगरपालिकालाई समितीले सुझाव दिएको छ ।bnjbbnjnjhj

के भन्छन् कार्यकारी ?
प्रतिवेदन बुझ्दै कार्यकारी अधिकृत महेशराज तिम्सिनाले भेटिएका सार्वजनिक जग्गाहरुलाई आफ्नो स्वामित्वमा ल्याउने कार्य तत्काल थालीने बताउनुभयो । जिल्ला मालपोत तथा मन्त्रालय स्तरमै समन्वय गर्दै देखिएका जग्गाहरुलाई उपमहानगरपालिकाको संरक्षणमा ल्याउने कार्यकारी अधिकृत तिम्सिनाले बताउनुभयो । तर यस्तो ऐलानी जग्गाहरुमा कहिँ कतै सुकुम्बासी तथा अन्य मानिसहरु बसोबास गरेको भए तिनिहरुलाई अर्को वैकल्पिक व्यवस्था गरेर जग्गा खाली गर्ने अधिकृत तिम्सिनाले बताउनुभयो ।
यता अतिक्रमणमा परेको जग्गालाई पनि क्रमैसँग आफ्नो स्वामित्वमा लाउन पहल गर्ने पनि उहाँले बताउनुभयो ।
के हुन सक्छ उपयोग ?
इटहरी पूर्वकै व्यवस्थीत व्यापारीक शहर बन्ने तरखरमा छ । यस्तो उदाउँदो शहरका लागि धेरै आधारभुत पूर्वाधारहरु आवश्यक हुन सक्छन् । ति पूर्वाधारहरुको विकास गर्न आवश्यक पर्ने जग्गाहरु यसले पुरा गर्न सकिन्छ । इटहरीमा इलाका प्रहरी कार्यालयको लागि जग्गा खोज्न धौ धौ परेको थियो । आफ्नो प्रयाप्त ठाउँ नहुँदा केही समय अघि सम्म सब्जी बजार भाडा तिरेर सञ्चालन गर्नुपरेको थियो ।
शिक्षा, स्वास्थ्य, खेलकुद, लगायतका पूर्वाधारहरुको विकास गर्न यो जग्गा उपयोगी हुन सक्छ । स्वयंम इटहरी उपमहानगरपालिकाका लागि थप विस्तार गर्न उपयुक्त जग्गा आवश्यक देखिएको छ । हालको भवनबाटै प्रभावकारी सेवा दिन सकिएको छैन । यो सँगै भोलीको संघिय संम्रचनामा १ नम्बर प्रदेशको दावी गर्ने इटहरीले संघिय प्रदेशका प्रशासनिक कार्यालयहरु राख्नका लागि पनि जग्गाको उपयुक्त विकल्प दिन सक्छ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook