इटहरी । युवा खेलाडी उत्पादन गर्ने उद्देशयले इटहरी उपमहानगरपालीकामा वडा स्तरीय फुटवल प्रतियोगिाता सुरु भएको छ । इटहरीका पुराना सामाजसेवी टेकनारायण चौधरीको नाममा स्वर्गीय टेकनारायण चौधरी फुटवल प्रतियोगिता सुरु भएको आयोजकले जानकारी दिएको छ ।
प्रतियोगितामा इटहरी उपमहानगरपालीका क्षेत्रका २० वटा वडाहरुले सहभागीता जनाएको ब्वाईज फुटवल क्बलका अध्यक्ष कोवित कार्कीले जानकारी दिनुभयो । इटहरी उपमहानगरपालीका भित्र रहेका २६ वटा वडा मध्ये २० वटा वडाले सहभागीता जनाएको अधयक्ष कार्कीले जानकारी दिनुभयो ।
स्वर्गीय टेकनारायण चौधरीले इटहरीलाई दिएको योगदानको कदर गर्दै उहाँको नाममा सुरु गरिएको अध्यक्ष कार्कीको भनाई थियो । वडास्तरीय प्रतियोगिताले इटहरीमा नयाँ युवा खेलाडी उत्पादन गर्ने विश्वास रहेको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रम उद्घाटन गदै प्रमुख अतिथि उद्योग वाणिज्य संघ इटहरीका वरिष्ठ उपाध्यक्ष इश्वरीप्रसाद पराजुलीले इटहरीको विकासका लागि निरन्तर फुटबल प्रतियोगीता गर्नुपर्ने बताउनुभयो । नयाँ दक्ष खेलाडी उत्पादन गर्न निरन्तर रुपमा प्रतियोगिता सञ्चालन गर्नुपर्ने उहाँको भनाईथियो ।
उद्घाटन खेलमा वडा नम्वर ३ र १६ विच प्रतिष्प्रर्धा भएको थियो । उद्घाटन खेलमा वडा नम्वर ३ लाई २ – ० को अन्तरले हराउँदै वडा नम्वर १६ विजयी भएको थियो । विजेता र उपविजेतलाई नगद सहित प्रमाणपत्र दिईने ब्वाईज क्लबका अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।
गृहपृष्ठ » इटहरी अपडेट » इटहरीमा वडास्तरीय फुटबल सुरु
इटहरीमा वडास्तरीय फुटबल सुरु
Posted by Itahari Fm | error | ११४ पटक


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।




