गृहपृष्ठ » चर्चाका चार » यो महीनाका चर्चीत ब्यक्तिहरु

यो महीनाका चर्चीत ब्यक्तिहरु

 Posted by Itahari Fm | २०७२ चैत्र ४ | ९५५ पटक

चर्चाका चार हामी हरेक महिना प्रस्तुत गर्छौ । इटहरीसंग सरोकार राख्ने बिषयसंग जोडिएर महिनामा सबै भन्दा धेरै चर्चा भएका व्यक्ति यहाँ प्रस्तुत गरिन्छ । सार्बजनिक ठाँउमा हुने चर्चा परिचर्चा र सन्चार माध्याममा आएका समाचारका आधारमा इटहरी एफ.एम.को समाचार टिमले चर्चीत ब्यक्तिको छनौट गर्ने गर्छ । चर्चाका चार प्रस्तुत गर्नुको हाम्रो उदेष्य सबै व्यक्तिलाइ समाजको हित अनुकुल लाग्न प्रेरणा मिलोस् र समाजको हित विपरित काम गर्नेहरु निरुत्साहित हुन् भन्ने हो । फागुन महिनका चर्चितहरु
वेणु सिटौला
वेणु सिटौला इटहरीको जनता क्याम्पसमा आंसिक समय पढाउने ब्यक्ति हुन । कलेजमा पार्टटाइम पढाउने उनी फागुन महिनामा इटहरीमा निकै चर्चीत ब्यक्ति बने । उनी चर्चामा आउनुको कारण उनको शैक्षिक प्रमाण पत्र नक्कली हो भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पर्नु रह्यो । नक्कली डाक्टरहरुको शैक्षिक प्रमाणपत्रको देशभर चर्चा भैरहेका बेला सिटौलाको प्रमाण पत्र पनि नक्कली हो भन्दै उजुरी परे पछि अख्तीयारले उनको प्रमाण पत्र छानबीन गर्न थाल्यो ।
आयोगले सिटौलाले पढाउँदै आएको इटहरी स्थित जनता बहुमुखी क्याम्पसलाई सिटौलाको शैक्षिक प्रमाणपत्रको प्रमाणित प्रतिलिपी दिनु भन्योे । तर सिटौलाको शैक्षिक प्रमाणपत्र क्याम्पसमा भेटिएन ।

sitaula jiक्याम्पस प्रसासनले सिटौलासंगनै प्रमाण पत्र माग्यो । सिटौलाले बाहीर पठाएको छु । एक महिना पछि मात्र उपलब्ध गराउछु भन्ने जवाफ दिए । क्याम्पस प्रसासनले अख्तीयारलाइ त्यही ब्यहोराको जवाफ पठायो । उनले पढाउदै आएको क्याम्पसमै उनको प्रमाण पत्र नभेटिए पछि र माग्दा एक महिना पछि दिने भने पछि छानविन प्रकरण रोचक बन्न थाल्यो । प्रमाण पत्र नक्कली नै रहेछ भन्ने चर्चा चल्न थाल्यो । एम.एड.मा पुर्बान्चल बिश्व बिद्यालयबाट गोल्ड मेडल पाएका सिटौलाको स्नातक तहको प्रमाण पत्र चै भारतबाट ल्याइएको नक्कली रहेछ भन्ने हल्ला चले पछि यो चासो र चर्चाको बिषय भयो ।
सिटौला र तत्कालिन क्याम्पस प्रमुख नारद उप्रेती (उनीहरु दुबै जना मिलेर इटहरीमा पाथीभारा स्कुल पनि चलाउछन ।) विच पछिल्लो समय सम्बन्ध विग्रिएका कारण यो कुरा बाहिर आएको हो भन्ने हल्ला पनि चल्न थाल्यो । एकले अर्कालाइ अख्तियारमा मुद्धा दिएर झन्जट दिने गरेको कुरा पनि चर्चाको बिषय बन्यो । दुवै फाउण्डर भएको पाथिभरा बोर्डिगं स्कुलको आर्थिक लेनदेन नमिलेको कारण उनीहरुको सम्बन्धमा फाटो आएको र दुःख दिनकालागि यसो गरिएको पनि चर्चा छ । उनीहरु वीच स्कुलको शेयर किनबेच गर्ने सहमति पनि भएको थियो तर त्यो सहमति पनि तोड्दै उनीहरु एक अर्कामा दोषारोपण गर्दै आएका छन् । एकले अर्कालाई लक्षित गर्दै पटक पटक विज्ञप्ती निकाल्ने गरेका छन् ।
तर उनीहरु विचको सम्बन्ध बाहिर आए जस्तो मात्रै नभएको तर्क गर्नेहरु पनि छन । लामो समय देखी स्कुल चलाउँदै आएका दुवैको आर्थिक हिसाव किताव एकअर्कामा जेलिएको छ । उनीहरु वीचका आर्थिक क्रियाकलापहरु कतिपय अवस्थामा उनीहरुका परिवारलाई पनि थाहा नभएको र त्यो बाहिर आउनबाट जोगाउन उनीहरु मिल्नै पर्ने बाध्यता रहेको तर्क गर्ने पनि छन ।
सिटौला आफ्नो शैक्षिक प्रमाणपत्र नक्कली नभएको दावी गर्छन । पूर्वाञ्चल युनिर्भसिटीको म गोल्डमेडलिस्ट हो, मलाई शिक्षा मन्त्रालयले सम्मान गरेको छ मेरो शैक्षिक प्रमाण पत्र कसरी नक्कली हुन्छ भन्ने जिकीर गरि रहेका छन । तर उनले बिभिन्न पक्षलाइ आर्थिक प्रलोभनमा पार्ने काम पनि गरि रहेकाले संका गर्ने ठाँउ चै छ । जे होस यो अनुसन्धानबाट बाहीर आउने नै छ । अहीलेचै उनको प्रमाण पत्र उनले पढाउने कलेजमै नभेटिनु र उनले पनि बुझाउन समय माग्नुले उनी महीना भरिनै चर्चीत बने ।

हेमसागर तिम्सीना
हेमसागर तिम्सीना एमाओबादी निकट विद्यार्थी नेता र सरकारी जागिरे हुन । उनी जनता क्यम्पस इटहरीका पुर्ब बिद्यार्थी हुन र अहीले सरकारी जागीर खादैछन । उनी पुर्ब बिद्यार्थी भए पनि जनता क्यम्पस इटहरीमा अहीले पनि प्रभाब जमाइ रहेका छन । उनी त्यहा विद्यार्थी उकासेर क्याम्पसमा आन्दोलन गर्न लगाउने र पैसामा बार्गेनिगं गरेर टुग्याउने देखि प्राध्यापकहरुको कक्षा थप घट गराउने सम्मको गतिबिधि गर्न सक्छन भन्ने धेरै छन । तिम्सीनाले अघिल्लो महीना त एक जना सहायक प्राध्यापकसंग १५ हजार पैसा लिएर अर्का पुर्ब प्राध्यापक बिरुद्ध बिज्ञप्ती निकाल्न लगाएको चर्चा पनि चल्यो ।

hem 1

एक जना पुर्ब बिद्यार्थीले यस्तो काम कसरी गर्लान र यो चर्चा हुदैछ भनेर हामीले जनता क्याम्पसका बिद्यार्थी संगठनका केही नेताहरुलाइ सोधेउ । कुरा चै के रहेछ भने उनी जनता क्याम्पस पढ्दा नै एमाओबादी निकट बिद्यार्थी संगठनको नेता भएका थिए । त्यसबेला उनले बिद्यार्थी संगठन र प्रसासनसंग राम्रो सम्बन्ध बनाए । उनलाइ क्याम्पस प्रसासनका धेरै कमी कमजोरी थाहा भयो । पछि उनले तिनै कमजोरीलाइ देखाएर क्याम्पस प्रसासनलाइ दबाब दिन थाले । आफ्ना कमजोरी बाहीर आउलान भनेर क्यम्पस प्रसासनले उनलाइ फकाइ रह्यो । उनले बिद्यार्थी संगठनका केही नेतालाइ आर्थिक प्रलोभनमा पारेर उपयोग पनि गर्न थाले । बिद्यार्थी नेता आर्थिक श्रोतकालागि हेमसागर नजिक पुग्ने र प्रसासनका मान्छे पनि बिद्यार्थीलाइ उचल्नु पर्दा र बसाउनु पर्दा हेमसागर संगै पुग्न थाले पछि उनी शक्तीमा र चर्चामा आए । यस्ले उनलाइ अहीले त शक्तीमा र चर्चामा ल्यायो भबिष्यमा भने यो पृष्ठभुमिले फाइदा गर्ने छैन । एक जना ब्यक्ति हाबी भएर यस्ता गतिबिधी गरेपछि क्याम्पसलाइ र त्यहा रहेका बिद्यार्थी संगठनलाइ पनि दिर्घकालिन असर हुने अनुमान लगाउन सकिन्छ ।

राम कुमार सुब्बा

इटहरीमा यतिवेला चर्चा छ त, राम कुमार सुब्बाको चर्चा छ । इटहरीबाट पहिलो पटक मन्त्री भएका राम कुमार सुब्बाको मन्त्रि हुदै देखि चार्चा बडेकै हो तर अहीले भने उनी देशको हैन टोलको मन्त्रि जस्तो लाग्न थाल्यो भन्नेहरु चौक चौक, गल्ली र चिया पसलमा भेटिन्छन ।
फागुन महिनामा त मन्त्री सुब्बा इटहरीका कार्यक्रममा सहभागि हुने हतारो मै देखिए । लाग्छ उनी इटहरीमा जति पनि कार्यक्रम, शिलान्यास, उद्घाटन भए प्राय ति सवैमा सुब्बा पुग्नु अनिबार्य छ । एकै दिन ३ देखि ४ वटा सम्म कार्यक्रममा उनी प्रमुख अतिथी भएर पुग्न भ्याए ।

subba ji

उनलाई यो सवै कार्यक्रममा सहभागी गराउन कार्यतालिका मिलाउन उनका स्वकीय सचिवलाई नै हम्मेहम्मे परेको देखियो । स्वकीय सचिव कार्यक्रममा पुग्ने वित्तिकै त्यहाँका उद्घोषकलाई मन्त्रि ज्यूको भाषण अगाडि ल्याउन दवाव दिने गरेको पनि देखियो । अलिकति ढिला भयो कि उनले उद्घोषकलाई घडि हेर्दै इसारा पनि गरे । कार्यक्रममा जाने, स्वागत लिने, उद्घाटन, शिलान्यास वा भाषण के गर्नुपर्ने हो त्यो गरि हाल्ने अनि मायाको चिनो बोकेर हिँडि पनि हाल्ने । यस्तो हार्ड एण्ड फास्ट स्याडुल बनेको देखियो ।
इटहरीमा यस्तो हतारमा काम गर्ने मन्त्रि मन्त्रालय गएर नितिगत काम गर्नेमा भने खासै चासो दिदैनन् । लामो समय इटहरी घरमा बसेर २९ गते इटहरी गोल्डकप उद्घाटन गरेपछि साझ काठमाण्डौ फर्केका मन्त्रि भोली पल्ट पनि मन्त्रालय नगइ सोलुको मालपोत र नापी कार्यालय हेर्न गए । पन्चायत कालदेखिनै राजनितिमा लागेका उनी हक्की छन तर निति गत काम गर्ने भन्दा सिल्यान्यसमै सकृय छन । उनी प्राय काठमाण्डौ हुदैनन् इटहरीकै घरमा भेटिन्छन । साना साना काममै देखिन्छन । समग्रमा फागुन महिनामा मन्त्री ज्यूको कार्यतालिका हेर्यो भने यस्तै देखिन्छ । मन्त्री ज्यूको इटहरी मोह इटहरीको मायाले भन्दा पनि पार्टीको र मन्त्रालयका तिन जान मन्त्रि बिचको आन्तरिक खटपटिको कारणले भएको हो भन्ने धेरै छन । जे होस इटहरीका पहिलो मन्त्रि चर्चामै छन ।

पशुपति चौधरी

उनको नाम इटहरीका धेरैलाइ थाहा थिएन् तर इटहरीका पशुपति चौधरी फागुन महिनामा एकाएक चर्चित बने । इटहरीमा पशुपति मोडल अस्पताल सन्चालन गर्ने चौधरी नक्कली प्रमाणपत्रवाला डाक्टर रहेछन । प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोले नक्कली डाक्टर भन्दै पक्राउ गरे पछि उनी चर्चाको पात्र बनेका हुन ।
प्रहरीको केन्द्रिय अनुसन्धान व्युरोले नक्कली प्रमाण पत्रका आधारमा चिकित्सक बनेर उपचारको क्षेत्रमा कार्यरत रहेका चौधरीलाई पक्राउ गरेको थियो ।

pashupati

इटहरीमा लामो समय देखी पशुपति मोडल अस्पताल नामको स्वास्थ्य संस्था सञ्चालन गर्दै आएका चौधरीले नक्कली शैक्षिक प्रमाणपत्र तयार गरी डाक्टर बनेका थिए । मोरगंको कटहरीका स्थायीबासी चौधरीले भारतको पटना मेडिकल कलेजबाट शैक्षिक प्रमाण पत्र तयार गरेका थिए । उनका अन्य केही नक्कली शैक्षिक प्रमाणपत्रहरु नेपालमै पनि बनाइएको थियो ।
चौधरीको परिवारका अरु सदस्यहरु पनि मेडिकल क्षेत्रमै कार्यरत छन् । आफन्त जस्तै मेडिकल सञ्चालन गर्ने रहरले उनी नक्कली डाक्टर बनेको स्रोतले बताएको छ ।
हुन त उनको अस्पताल त्यति चल्तिमा नभए पनि आएका विरामीहरुले सास्ती पाउने गरेका थिए । उनको अस्पताल समयम समयमा समस्यमा पर्ने गरेको थियो । अस्पतालको लापरवाहिले विरामीको ज्यानै गएको भन्दै लफडामा परेपछि केही समय बन्द पनि भएको थियो उनको मोडल अस्पताल । उनको अस्पतालको नाममा सञ्चालित रहेको एम्बुलेन्स पनि गैरकानुनि तरिकाले सञ्चालनमा रहेको थियो । पछि सन्चारमाध्यममा समाचार आएपछि उनले केही समय चलाउन बन्द गरेका थिए ।
अस्पतालको नाम केही बद्नाम भएपछि बन्द झँै भएको अस्पताललाई उनले पुन सञ्चालनमा ल्याएका थिए । विराटनगरका विभिन्न डाक्टरहरुलाई सम्पर्कमा बोलाएर सञ्चालन गर्दै आएका थिए । डाक्टर हुँ भन्दै सानले बस्ने चौधरी पक्राउ परे पछि इटहरमिा अरु पनि यस्ता डाक्टर पो छन की भन्ने संका पनि बड्यो उनी पनि चर्चाको पत्र बने ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

हीमगीरी साबुननै कीन ?

Like us on Facebook