इटहरी । नेपाल नगरपालिका कर्मचारी एसोसिएसनले नेपाल सरकार संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयले देशै भरका जिल्ला विकास समिती र नगरपालिकाहरुमा अधिकृत तहका लागि खुलाएको पदको दरखास्त दिन रोक लगाएको छ ।
नगरपालिका कर्मचारी एसोसिएसनले दरखास्त लिए तालाबन्दि गर्ने भन्दै आन्दोलन सुरु गरेपछि देशभरका जिल्ला विकास समिती तथा नगरपालिकाहरुमा उमेद्धारहरुले दरखास्त दिन पाएनन् ।
नेपाल सरकारको संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयले गत माघ २८ गते सुचना प्रकाशित गरि देशभरका जिल्ला विकास समिती र नगरपालिकाहरुमा सामाजिक विकास अधिकृत, एल.जि सि.डि.पी को फोकल पर्सन लगायतका पदका लागी दरखास्त आह्वान गरेको थियो । दरखास्त भर्ने आज अन्तिम दिन सम्म पनि कर्मचारीहरुले दरखास्त भर्नमा रोक लगाएका थिए ।
आन्दोलनका कारण इटहरी उपमहानगरपालिकामा पनि उमेद्धारहरुले निवेदन भर्न पाएनन् । उपमहानगरपालिकामा एल.जि.सि.डि.पी कार्यक्रमको फोकल पर्सनका लागि अधिकृत स्तरको कर्मचारी माग गरिएको थियो ।
दरखास्तका लागि आएका व्यक्तिहरुको निवेदन उपमहानगरपालिका कार्यकारी अधिकृतले मुचुल्का उठाएर राखेको जानकारी दिनुभएको छ । निवेदन भर्न नदिएपछि दरखास्तका लागि आएका व्यक्तिहरुको हस्ताक्ष्यरमा निवेदन संकलन गरि राखेको कार्यकारी अधिकृत महेशराज तिम्सीनाले जानकारी दिनुभयो । उपमहानगरपालिकामा १५ जनाले निवेदन लिएर आएको उहाँले जानकारी दिनुभयो ।
यता सरकारले व्यक्तिगत प्रभावमा कर्मचारी भर्ना गर्ने वाहनामा दरखास्त खुलाएकाले आफुहरुले विरोध गर्नुपरेको नेपाल नगरपालिका कर्मचारी एसोसिएसनका केन्द्रिय उपाध्यक्ष मेहश सुवेदीले जानकारी दिनुभयो ।
संगठनले पहिलो चरणको आन्दोलन सुरु गरेको उहाँले जानकारी दिनुभयो । सरकारलाई ११ वुँदे माग पेश गरेको भन्दै सुवेदीले यी माग पुरा नभएसम्म दरखास्त भर्न नदिने उपाध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।
स्थानिय निकायको निर्वाचन गराउनुपर्ने ,विभिन्न चरणमा भएका सहमति पुरा गर्नुपर्ने , स्थानिय निकायमा रहेका अस्थायी करारका कर्मचारीहरुलाई प्रकृयामा पुरा गरी स्थायी गर्नुपर्ने लगायतका मागहरु रहेका छन् ।
गृहपृष्ठ » इटहरी अपडेट » नगरपालिकाका कर्मचारीले दरखास्त हाल्न दिएनन्
नगरपालिकाका कर्मचारीले दरखास्त हाल्न दिएनन्
Posted by Itahari Fm | २०७२ फागुन १९ | ३८३ पटक


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।




