पूर्व प्रधानमन्त्री एवम नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले आर्थिक समृद्धिका लागि अहीलेका राजनितिक पार्टिसँग एजेन्डा नै नभएकाले नयाँ शक्तिको सुरुवात गर्नुपरेको बताएका छन ।
इटहरी एफ एम सँग कुराकानी गर्दै डा. भट्टराईले शान्ति र संबिधान प्राप्त भएको अहीलेको अबस्थामा आर्थिक बिकास गर्नु आवस्यक रहेको र अहिलेका पार्टीमा आर्थिक बिकासको एजेण्डा नै नभएकाले आफुले नया शक्तीको निमार्ण गर्न थालेको जिकीर गरे ।
भट्टराइले राजनितिक एजेण्डाकालागि उत्पिडनमा परेको क्षेत्र सुदुरपश्चिमबाट शशस्त्र द्धन्द सुरु गरिएको र अहिले आर्थिक समृद्धिकालागि पूर्वबाट अभियान सुरु गरेको बताए ।
देशव्यापी रुपमा संगठन विस्तारको अभियानालाई लिएर पूर्व आएका डा. भट्राईले यही अभियान अन्तर्गत नै एक नम्बर प्रदेश स्तरीय भेला सम्पन्न गरेको पनि जानकारी दिए ।
भट्टराईले वर्तमान सरकार बोल्ने तर काम गर्न नसक्ने व्यक्तिहरुको झुण्ड भएको बताए ।
भट्टराइ प्रति एमाओबादी अध्यक्ष आक्रमक भैरहेको प्रसंगमा कुरा गर्दा भट्टराइले प्रचण्डलाइ अस्वस्थ भएको टिप्पणी गरे ।






