इटहरी । प्रख्यात हेरस्टाईलिस निल डेभिड कट्वाल सैलुनको सातौँ शाखा इटहरीमा सञ्चालनमा आएको छ । निल डेभिड एकेडेमी नाम दिएर इटहरीमा खोलीएको सातौँ शाखाको कलाकार द्धय सरोज खनाल र गौरी मल्लले रिवन काटेर सुरुवात गर्नुभयो ।
सैलुनको उद्घाटन गर्दै कलकार द्धय सरोज खनाल र गौरी मल्लले देशमा फेसन र स्टायलको व्यवसायलाई फैलाएर युवाहरुलाई रोजगार दिलाउन सफल भएको भन्दै शुभकामना दिनुभयो ।कपाल काट्ने पेशलाई संकुचित रुपमा लिने गरेकोमा अहिले धेरै युवाहरुले आफ्नो भविष्य निर्माणको लागि लिन थालेको भन्दै स्वरोजगार निर्माणमा पनि निलडेभिड सैलनु अगाडि रहेको बताईएको थियो ।
निल डभिडले सैलुन यस अघि नेपालका विभिन्न ठुला शहरहरु काठमाण्डौँ, पोखरा लगायतका ठाउँमा सञ्चालनमा आएका छन् । यस्तै भारतका सिलगुडि, गाण्टोक लगायतका ठाउँमा पनि शाखा विस्तार भई सकेको कार्यक्रममा बताइएको थियो ।
कार्यक्रममा बोल्दै निलडेभिडले आफुले निकै मेहनत गरेर कपाल काट्ने पेशालाई सम्मानजन बनाउन सफल भएको बताउनुभयो । आफुले एक जनाबाट सिकेको सिपलाई अहिले दूईसय बढि युवाहरुमा फैलाउन सफल भएको र रोजगारी दिन सफल भएको पनि निलडेभिडले बताउनुभयो ।
विस्तारीत शैलुनमा सर्वसुलभ मुल्यमा उच्च स्तरको सेवा दिईने बताईएको थियो । सैलुनमा महिला तथा पुरुष दुवैका लागि सेवा उपलब्ध गराईने बताइएको छ । कपाल काट्ने, मेकअप गर्ने लगायतका सेवाहरु प्रदान गरिने बताइएको छ ।
गृहपृष्ठ » इटहरी अपडेट » निलडेभिडको सैलुन अव इटहरीमा
निलडेभिडको सैलुन अव इटहरीमा
Posted by Itahari Fm | २०७२ माघ २९ | १२९ पटक


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।




