गृहपृष्ठ » चर्चाका चार » पुष महिनाका चर्चीत अनुहार

पुष महिनाका चर्चीत अनुहार

 Posted by Itahari Fm | २०७२ माघ ४ | १४६८ पटक

चर्चाका चार हामी हरेक महीना प्रस्तुत गर्छौ । इटहरीसंग सरोकार राख्ने बिषयसंग जोडिएर महीनामा सबै भन्दा धेरै चर्चा भएका व्यक्ति यहाँ प्रस्तुत गरिन्छ । सार्बजनिक ठाँउमा हुने चर्चा परिचर्चा र सन्चार माध्याममा आएका समाचारका आधारमा इटहरी एफ.एम.को समाचार टिमले चर्चीत ब्यक्तिको छनौट गर्ने गर्छ । चर्चाका चार प्रस्तुत गर्नुको हाम्रो उदेष्य सबै व्यक्तिलाइ समाजको हित अनुकुल लाग्न प्रेरणा मिलोस् र समाजको हित विपरित काम गर्नेहरु निरुत्साहित हुन् भन्ने हो । पुष महिनाका चर्चीत अनुहार


हेमकर्ण र बिकास

नेपाली काग्रेसको अबिधेसनका कारण अहीले हेमकर्ण पौडेल र बिकास केशी इटहरीमा सबै भन्दा बडि चर्चामा छन । जनता क्यापसबाटै राजनिति अगाडी बडाएका र पारिबारीक रुपमा समेत साइनो जोडिएका पौडेल र केशी अहीले काग्रेसकै दुइ वटा समुहको प्रतिनिधित्व गर्दै चुनाबी मैदानमा आएका छन । नेबिसंघको सुनसरी जिल्ला सभापति भैसकेका केशी देउवा समुहबाट र काग्रेसको इटहरी नगरसभापति भैसकेका पौडेल सस्थापन समुहबाट चुनाबी मैदानमा आएका छन । सिधै देउबासंग पहुच पुयाउने केशी र सुजता कोइराला र कृष्ण सिटौला सम्म पुग्ने हैसियत बनाएका पौडेल अहीले इटहरीका काग्रेसीहरुलाइ आफ्नो पक्षमा पारेर उपमहानगरमा नेतृत्व गर्ने दाउमा छन ।
यस अघिको अबिधेसनमा पौडेललाइ सर्ब सम्मत नगर सभापति बनाउन जो जो सकृय थिए अहीले उनीहरु बिकासको पक्षमा खुलेर लागेका छन भने काग्रेसको राजनितिबाट एक पटक रिटायर्ड भैसकेकाहरु एक पटक फेरी मौ2 janaका पाउने आसमा हेमकर्णको पछि लागेका छन । इटहरी काग्रेसको राजनितिमा आस लाग्दो समुह बिकास तिर लागेकाले बिकासको सभापति बन्ने सम्भावना छ भने हेमकर्ण आफैमा तर्कीक क्षमता राख्ने, एक पटक नगरको नेतृत्व गरि सकेको ब्यक्त्ति भएकाले उनको संभावना पनि बलियै छ । काग्रेसको राजनितिलाइ नजिकबाट हेर्नेहरु अहीले दुबै फिप्टी फिप्टीको अबस्थामा रहेको बताउछन । नगरसभापति भैसके पछि आफ्नै कार्यकर्तासंगको बिबादले जेल जिवन समेत बिताएर आएका हेमकर्ण काग्रेसको गतिबिधीनै सामान्य रहेको इटहरीमा अरु पार्टीलाइ समेत प्रभाबीत पार्ने गरि गतिबिधि गर्ने सभापति हुन । उनको आसा देखाउने र तर्क गर्ने क्षमताले अहीले पनि केही युबा हेमकर्णको साथमा छन । तर समारात्मक आलोचना गर्नेलाइ पनि संका गरि हाल्ने र अरुलाइ भुमिकानै नदिने खालको स्भाबका कारण उनका निकटका धेरै र इटहरी काग्रेसका प्रभाबसाली ब्यक्तिले नै उनको साथ छाडेका पनि छन् । बिकास पनि ठुलो क्षमता देखाइ सकेका नेता होइनन् तर नेबिसंघको सभापति हुदाँ उनको भुमिका राम्रै देखिएकाले जिम्मेबारी उपाउदा राम्रै होला भन्ने आसले धेरै काग्रेसी बिकासको पक्षमा छन । दुबै जना आफ्नो प्रसंसा गर्नेहरुसंग रमाउने, सकारात्मक आलोचना गर्नेलाइ पनि संका गरि हाल्ने स्वभाबका ब्यक्ति हुन । अहीले पनि उनीहरु खास अबस्था बिश्लेषण गर्ने भन्दा उकास्ने र आफु फुत्त निस्कन चाहने समुहबाटै घेरिने गरेका छन । धेरैले भनि रहेका पनि छन, जस्ले जिते पनि खासै फरक छैनन् । आखिर काग्रेसलेनै जित्ने हो । तर हार्दा चाही बिकासलाइ भन्दा हेमकर्णलाइ निकै असहज हुनेछ । एक पटक सर्ब सम्मत सभापति भैसकेर फेरी चुनाबमा उठेर हार्दा हेमकर्णलाइ चाही सुसिल कोइरालाले प्रधानमन्त्रिबाट राजीनामा दिएर फेरी ओली संग चुनाब हार्दा जस्तो खल्लो भएको थियो त्यस्तै हुनेछ । परिणाम जे होला अहीले चाही दुबै चर्चामै छन ।

चर्चीत ढुगेलdhungel
जागिर खानेले पैसा धरौटी रखेको कमै सुन्नु भएको होला । तर आफुलाइ चर्चित ढुगेल बताउने झपाका चन्द्र प्रसाद ढुंगेल रेडियोमा जागिर लगाइ दिन्छु भन्दै जागिर खान आउनेसंग धरौटी मागेर पुष महिनामा इटहरीमा चर्चित भए । आफुले इटहरीलाइ बेस बनाएर फरक किसिमको रेडियो नेटवर्क चलाउन लागेको भन्दै उनले पत्रिकामा बिज्ञापननै गरेर मान्छे बोलाए । आफुले भाडामा लिएको भनिएको रेडियो भन्दा पर अलग्गै ठाँउमा कोठा लिएर जागिर खान आउने मान्छेलाइ कन्भिन्स गर्दै एक जनाबाट तिस हजारका दरले धरौटी जम्मा गर्न लगाएको खबर अनलाइनहरु र स्थानीय पत्रिकामा आए पछि उनी चर्चाको पात्र बने । यस अघि झापामा पनि ग्लोबल एफ. एम.मा जागिर लगाइ दिन्छु तर तपाइहरु मलाइ तिन बर्ष काम गर्ने ग्यारेण्टि दिनुस भन्दै एक जनाबाट एक लाख सम्म धरौटी लिएर बेपत्ता भएका ढुगेल इटहरी आएर फेरी त्यही काममा लागेको थाहा पाए पछि उनको बारेमा चर्चा चुलिएको छ । गफ सुनाएर मान्छेलाइ मख्ख पार्न सिपालु ढुगेल इटहरीको भोजपुरे टोलको एउटा सेतो रंगको दुइ तले घरको पहिलो तलाको एउटा कोठामा अफिस बनाएर मान्छेसंग धरौटी मागि रहेको देखिन्छ तर उनले धरौटी लिएको बारेमा दिनेहरु खासै बोलेका छैनन् । खासमा जागिरकै आस होला उनीहरुलाइ । तर केही अनलाइन र स्थानीय पत्रिकाले उनलाइ मिडियाका नटबरलाल भनेर समाचार बनाइ रहेका छन । उनको बारेमा खोजी र चर्चा दिनहु बडि रहेको छ ।

बलराम आचार्य

bramइटहरीका ब्यबसायी बलराम आचार्य पनि पुष महिनामा चर्चाका ब्यक्ति बने । बेरोजगार भएर मान्छेहरु जोखिम पुर्ण कामकालागि गाडी मुलुक तर्फ लर्को लागि रहेको बेला पाच सय मानिसलाइ इटहरीमै रोजगारी दिने, भोलीका दिनमा कस्तो ब्यबसाय उपयुक्त हुन्छ भन्ने सहि निसाना लगाउने बलराम, पुष महिनामा भने आफ्नै ब्यबसायीक भबन गोर्खा डिपार्टमेण्ट स्टोर नक्सा पास नगरी पैनीमा बनाएका कारण चर्चामा आए । अख्तियारमा उजुरी परेको र भत्काउन निर्देशन दिएको भन्ने समाचार आए पछि धेरैले यस्लाइ चर्चाको बिषय बनाए । पुष महिनामा अब गोर्खा भत्किन्छ अरे हो भन्ने जिज्ञासा धेरैमा देखियो । इटहरीको गौरबका रुपमा रहेको गोर्खा भत्किदा फाइदा कसैलाइ हुने होइन । तर नियम नै नमानेको भेटिए पछि यो भत्कीनु हुन्न भन्ने पनि कसैले आँट गरेको देखिएन, सुनिएन । धेरैले प्रश्न मात्रै गरि रहे बलराम र गोर्खा डिपार्टमेण्ट स्टोरको चर्चा धेरै भयो ।
ओम प्रसाद अधिकारीdsp adhikari
इटहरीका डिएसपी ओम प्रसाद अधिकारी यो महिनामा पनि चर्चामै रहे । इटहरीको बेष्याबृति र गुण्डा गर्दी नामेट पार्न आक्रमक निति अपनाइ रहेका त्यतिबेलाका डिएसपी बिनोद शर्माको सरुवा भएर ओम अधिकारी आउदा अब के होला भन्ने धेरैमा जिज्ञासा थियो । धेरैले ओमलाइ पनि बिनोदसंगै तुलना गरेर हेरे । बिनोद आक्रमक शैलीका ओम अनुसन्धानमा केन्द्रित । आक्रमक शैलिका बिनोदका अगाडी ओम सुरुमा फिक्का जस्तो पनि लागे । तर उनी झन कडा रहेछन । लामो समय अनुसन्धानमा बसेका ओमले इटहरी आए पछि निकै संकास्पद केसहरुको अनुसन्धान गरे । काफ्लेका हत्यारालाइ समातेर उनले निकै प्रसंसा समेत पाए । उनले पुर्बमा कसैको ध्यान नपुगेका तर गम्भिर किसिमका अपराध भैरहेको पत्ता लगाएर अपराधी समेत समाते । चराचुरुगी र जंगली जनाबरको समेत इटहरीबाट तस्करी भैरहेको रहेछ । हुचिलका बच्चा तस्करी गर्नेलाइ हुचिलका बच्चा सहित, जनाबरको छाला तस्करी गर्नेलाइ छाला सहित समाते । मोटरसाइकल चोरेर बेच्नेहरु धमाधम समाते । नरम भाषा बोलेर गम्भिर प्रकृतिले अनुसन्धान गर्ने ओम अधिकारीको अनुसन्धान कडा छ भन्ने चर्चा चुलिदै छ । इटहरीमा आज भोली प्राय कुनैन कुनै अपराधी समातेर दिनहु जसो पत्रकार सम्मेलन भैरहेको देखिन्छ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg