गृहपृष्ठ » News » एमाओवादी एमालेसँग असन्तुष्ट : प्रचण्ड

एमाओवादी एमालेसँग असन्तुष्ट : प्रचण्ड

 Posted by Itahari Fm | २०७२ पुष १८ | ३२४ पटक

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीमण्डलको आकार र मन्त्रालय विभाजनका विषयमा एमाओवादी एमालेसँग असन्तुष्ट रहेको बताउनुभएको छ । एकीकृत नेकपा माओवादीले इटहरीमा गरेको एक नम्बर प्रदेशको प्रथम पूर्ण बैठकमा पत्रकारहरुसँग कुरा गर्दै नेता प्रचण्डले अन्तरविरोधकै रुपमा र सरकार छोड्ने वा बदल्ने विषयसँग सम्बन्धित नभएपनि मन्त्री मण्डलको आकार र मन्त्रालय विभाजनका विषयमा असन्तुष्टि बढेको बताउनुभएको हो ।
नेता प्रचण्डले भोली मधेषी मोर्चा, सत्ता साझेदार र प्रमुख प्रतिपक्षिबिच बैठक बस्ने जानकारी दिदै दुई विषयमा सहमती नजिक रहेकोले बैठक कुनै न कुनै रुपमा टुंगोमा पुग्ने दावी समेत गर्नुभएको छ । संविधान संसोधन प्रस्तावलाई परिमार्जन गरेर पारित गर्ने र सिमांकनको विषयमा केहि समय लिएर राजनितिक समिति बनाएर समझदारी बनाउने भन्ने कुरामा सहमति नजिक रहेकाले भोली चार दलको बैठकमा कुनै न कुनै रुपमा टुंगोमा पुग्ने उहाले बताउनुभयो ।
निकै छोटो समय बोल्नु भएका नेता प्रचण्डले मधेषी मोर्चाको आन्दोलन र मागप्रति आफूहरु निकै गम्भीर रहेको भन्दै अहिलेको असहज अवस्था टुंग्याउन एमाओवादी प्रयासरत रहेको बताउनुभयो । उहाले सहमतीका लागि कांग्रेस, एमाले र मोर्चाबिच एमाओवादीले पुलका काम गरीरहेको बताउनुभयो । उहाले आफूले मधेषी मोर्चाका संयोजक महन्थ ठाकुर र प्रमुख प्रतिपक्षि दल कांग्रेसका शिर्ष नेता रामचन्द्र पौडेलसँग निरन्तर संवाद गरीरहेको भन्दै चाडै समझदारी बन्ने कुरामा आफू ढुक्क रहेको बताउनुभयो ।
माओवादीको कोचिला, लिम्बुवान र किरात राज्य समिति रहेको १ नम्बर प्रदेशको बैठकमा एमाओवादी अध्यक्ष प्रचण्डसँगै उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव कृष्णबहादुर महरा, पोलिटब्युरो सदस्य प्रह्लाद बुढाथोकी, प्रचण्ड पुत्र प्रकाश दाहाल लगायतका केन्द्रिय नेताहरुको सहभागीता रहेको छ । दुई दिनसम्म चल्ने बैठकमा १ नम्बर प्रदेशका जिल्ला अध्यक्षहरु, सुनसरीका जिल्ला पदाधिकारी र केन्द्रिय पदाधिकारीहरुको सहभागीता रहेको छ । बैठकमा राज्य समितिको एकीककरण गरी १ नम्बर प्रदेश बनाउने विषय, पार्टिको संरचनात्मक मोडालिटि र आगामी कार्यदिशाबारे छलफल हुने एमाओवादी श्रोतले जानकारी दिएको छ ।।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…

आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg