गृहपृष्ठ » News » सरकार र मोर्चाको हठ कै कारण देश अनिर्णयको बन्दि : महत

सरकार र मोर्चाको हठ कै कारण देश अनिर्णयको बन्दि : महत

 Posted by Itahari Fm | २०७२ मंसिर २६ | २५० पटक

नेपाली काँगे्रसका केन्द्रिय सदस्य प्रकाश शरण महतले सरकार र मधेसी मोर्चाको हठ कै कारण देश अनिर्णयको बन्दि बनेको आरोप लगाउनुभएको छ । आज इटहरीमा पत्रकारसँग कुरा गर्दै नेता महतले सरकार पनि भारतले उचालेर मधेषी आन्दोलित भएको भन्दै चुप बस्ने र मधेषी पनि आफ्नो मागमा सरकारले ध्यान नदिएको भन्दै आन्दोलित भइरहदा देश अफ्ठ्यारो अवस्थामा पुगेको बताउनुभयो ।
नेता महतले संविधानमा उल्लेखित कतिपय कुराहरुमा आफ्नो पार्टिको असहमती रहँदा रहँदै पनि संविधान जारी गरिएको भन्दै मधेश केन्द्रित दलका नेताहरुलाई पनि संविधानका साझा धारणहरु ग्रहण गरी असहमतीक विषयमा मात्र छलफल अघि बढाउन सहत हुनुपर्नेमा जोड स्वामित्व लिन आग्रह गर्नुभयो । उहाले देशमा भयानक समस्या सृजना हुन लागेको भन्दै सरकार तत्काल गम्भिर भएर लाग्नुपर्नेमा समेत जोड दिनुभयो । उहाले देशको अर्थतन्त्रमा ठुलो धक्का लागेको, हजारौँ युवाले रोजगारी गुमाएको भन्दै देशको  विद्यमान समस्यालाई थप लम्ब्याउन नहुने बताउनभुयो ।
नेता महतले जनताको लामो समयदेखिको चाहना देशमा स्थीरता भएपनि दोश्रो जनाआन्दोलन, संविधानसभाले ल्याएको संविधानपछि पनि देश स्थीरतातर्फ अघि बढ्न नसकेको बताउनुभयो । उहाले सबैले आफ्ना हठ ल्याएर देश र जनताको पक्षमा सोच्नुपर्नेमा जोड दिनुभयो ।।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…

आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg