वार्तामा मोर्चाका चार अध्यक्षहरु सहभागी नहुने
तीन ठूला दल र मधेसी मोर्चाबीच आज साँझ ६ बजे हुने भनिएको वार्तामा मोर्चाका चार अध्यक्षहरु सहभागी नहुने भएका छन् । धनुषाको ढल्केवरमा मोर्चाको पूर्व निर्धारित आमसभा रहेकाले उनीहरु उतै व्यस्त हुने भएका छन् । आफूहरु ढल्केवरको आमसभाका लागि जनकपुर आइसकेकाले आज बालुवाटारमा हुने वार्तामा सहभागी नहुने तमलोपा अध्यक्ष महन्थ ठाकुरले बताउनुभयो । वार्तामा फोरम उपाध्यक्ष लालबाबु राउत, तमलोपा उपाध्यक्ष हृदयेश त्रिपाठी, महामन्त्री सर्वेन्द्रनाथ शुक्ल, सद्भावना सहअध्यक्ष लक्ष्मणलाल कर्ण, तमसपा वरिष्ठ नेता रामनरेश राय यादव सहभागी हुने ठाकुरले जानकारी दिनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गर्ने वार्तामा प्रमुख प्रतिपक्षी कांग्रेससहित मोर्चाका चारै अध्यक्षहरुको उपस्थिति अपेक्षा गरिएको थियो । ठूला … Continue reading वार्तामा मोर्चाका चार अध्यक्षहरु सहभागी नहुने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed