‘सायद २’ मा बलिउडका सहायक निर्देशक पुष्पराज अनुबन्धित

ब्यवसाहिक सफल चलचित्र ‘सायद’को सिक्वेल ‘सायद २’बन्ने भएको छ । पुष्पराज न्यौपानेको निर्देशनमा यो चलचित्र बन्ने भएको हो । बलिउड सिनेमामा सहायक निर्देशन गरिसकेका न्यौपाने लिएर दुर्गिश फिल्मस्ले सायद २ बनाउन लागेको सुनिल रावलले बताए । सायद, होस्टेल र होस्टेल रिटन्र्सपछि दुर्गिश फिल्मसले यो चलचित्र बनाउन लागेको हो ।  न्यौपानेले बलिउडका ‘डेन्जरस इस्क’, ‘राज ३’, ‘हेट स्टोरी २ र ३, ‘म्याक्सिमम’, ‘राज ३’ मा काम गरिसकेका छन् । ‘सायद’लाई सुरज सुब्बा नाल्बोले निर्देशन गरेका थिए । सिनेमाको छायांकन नेपाल र जापानमा हुने भएको छ । कलाकार छनौट भने बााकीे छ ।