इटहरीको जनताबस्तीलाइ ब्यबस्थीत बनाइदिने भुमिसुधार मन्त्रिको आस्वासन

तत्कालिन रिजाल क्यानिङ्ग एण्ड कम्पनीको नाममा दर्ता रहेको हालको इटहरी उपमहानगरपालिका ५ स्थित जनता बस्तीलाई बसोवासको आधारमा राज्यले नै भूमि अधिकरण वा जफतको प्रक्रियामा लगेर ब्यवस्थित बसोवासको सुनिश्चितता प्रदान गर्नुपर्ने जनतावस्तीबासीले माग गरेका छन् । जनता वस्ती सरोकार समाजले आज भूमिसुधार तथा ब्यवस्थामन्त्री रामकुमार सुब्बाको स्वागत तथा सम्मानका लागि आयोजना गरेको कार्यक्रममा जनतावस्तीबासीले यस्तो माग गरेका हुन् । कार्यक्रममा मन्त्री सुब्बाले जनता बस्ती इटहरीको मुटुको रुपमा रहेको मानव वस्ती भएकाले यसलाई बैधानिकता प्रदान गर्ने तर्फ आफ्नो सकारात्मक पहल हुने आश्वासन दिनुभएको छ । नयाँ संविधान अनुरुपका ऐन कानुन बनेपछि मन्त्रिीपरिषदले जग्गा जफत गरेर बसोवासीका आधारमा जग्गाको स्वामित्व प्रदान गर्ने विषयमा … Continue reading इटहरीको जनताबस्तीलाइ ब्यबस्थीत बनाइदिने भुमिसुधार मन्त्रिको आस्वासन