बालबालिकाहरुलाई सानैदेखि उचित मार्ग दर्शन गर्न सकिएको खण्डमा समुन्नत समाजको जग बसाउन सकिन आज इटहरीमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । इटहरी २ मा रहेको सनसाइन बाल क्बलले इटहरी २ मा रहेका ब्राइट फ्युचर बोर्डिङ स्कुलमा आयोजना गरेको तिहार विशेष सांस्कृतिक कार्यक्रममा समाजका अगुवाहरुले बालबालिकाहरुलाई सानैदेखि उचित मार्ग दर्शन गर्नुपर्नेमा जोड दिएका हुन् ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी ओमप्रसाद अधिकारीले समाजमा सुरक्षा सुदृढ बनाउन पनि सबैभन्दा मुख्य जिम्मेवार बालबालिका नै हुने भन्दै बालबालिकाहरुबाटै आफूले सुरक्षाका कुराहरु समाजमा पुर्याइरहेको बताउनुभयो । बालबालिका र विद्यार्थीहरुलाई अहिलेदेखि दिशा निर्देश गर्न सकिएमा समाज सुरक्षित र समुन्नत हुने उहाले बताउनुभयो ।
यस्तै विश्व आदर्श कलेजका प्राचार्य लेखनाथ घिमिरेले बालबालिकालाई गरिने व्यवहार र उनीहरुलाई दिइने शिक्षाले भविष्य निर्धारण हुने भन्दै सानैदेखि उपयुक्त बाटो देखाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा क्लबका सञ्चालक समिति अध्यक्ष निराजन पाण्डेले आफूहरुले बालबालिकाहरुलाई एकताबद्ध गराउने काम गर्दै समाज सुधारमा केन्द्रित गराएको बताउनुभयो ।
इटहरी उपमहानगरपालिका र जिल्ला बाल कल्याण समेतको आयोजनामा भएको तिहार विशेष सांस्कृतिक कार्यक्रममा साना बालबालिकाहरुले नृत्य सहितका प्रस्तुतीहरु राखेका थिए ।
गृहपृष्ठ » इटहरी अपडेट » बालबालिकाहरुको तिहार विशेष कार्यक्रम
बालबालिकाहरुको तिहार विशेष कार्यक्रम
Posted by Itahari Fm | २०७२ कार्तिक २३ | ११३ पटक

इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।




