गृहपृष्ठ » इटहरी अपडेट » सार्वजनिक सुनवाईमा गुनासो

सार्वजनिक सुनवाईमा गुनासो

 Posted by Itahari Fm | २०७२ कार्तिक २३ | १५७ पटक

इटहरी नगरपालिकाबाट उपमहानगर भइसकेपनि उपमहानगरमा गाभिएका गाविसहरु अहिले पनि विकासबाट पछि परेको नगरबासीहरुले गुनासो गरेका छन् । इटहरी उपमहानगरपालिकाले आज इटहरीमा गरेको सार्वजनिक सुनवाईमा नगरबासीहरुले पूर्व गाविसहरुमा बाटोघाटो निर्माण र विकास पुर्याउन ध्यान दिनुपर्नेमा जोड दिएका हुन् ।
यस्तै नगरबासीहरुले इटहरीको समसामयिक समस्या प्रत्येक सार्वजनिक सुनवाईमा राखेपनि हल गर्नेतर्फ नगरपालिकाले ध्यान नदिएको बताएका छन् । इटहरीको अव्यवस्थित मासु पसल, सार्वजनिक शौचालय, महिला सहभागीता, पारदर्शिता लगायतका विषयमा नगरबासीले उपमहानगर कार्यकारी अधिकृतसँग प्रश्न गरेका थिए ।
कार्यक्रममा सांसद रेवतीरमण भण्डारीले लोकतन्त्रमा पारदर्शिता र पारदर्शिताका लागि सार्वजनिक सुनवाई महत्वपूर्ण भएको भन्दै सार्वजनिक सुनुवाईमा सहभागी भएका नगरबासीहरुलाई धन्यावाद ज्ञापन गर्नुभएको थियो । यस्तै नगरबासीको गुनासो सम्बोधन गर्दै कार्यकारी अधिकृत महेशराज तिम्सीनाले हरेक योजना नगरबासीसँगै मिलेर अघि बढाउने भन्दै जनप्रतिनिधि नहुदा कतिपय कामहरु गर्न भने असहज रहेको बताउनुभएको थियो ।
कार्यक्रममा विकास निर्माणका काममा पनि राजनितिक दलहरुले आआफ्नो स्वार्थ अनुकुल अवरोध गरेको भन्दै नगरबासीले प्रश्न उठाएका थिए । कार्यक्रममा नेपाली कांग्रेस इटहरी सभापति हेमकर्ण पौडेल, एमाले अध्यक्ष यामकुमार सुब्बा लगायतका नेताहरुले जनताको प्रश्नको जवाफ दिएका थिए । कार्यक्रममा पूर्व क्षेत्रीय ट्राफिक, इलाका प्रहरी कार्यालय लगायतका संस्थाका प्रमुख र प्रतिनिधिहरुको सहभागीता रहेको थियो भने नगरबासीहरुको भने न्युन मात्र सहभागीता रहेको थियो ।।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg