गृहपृष्ठ » इटहरी अपडेट » कोरीया जाने विद्यार्थीलाई बधाई

कोरीया जाने विद्यार्थीलाई बधाई

 Posted by Itahari Fm | २०७२ कार्तिक २३ | १६९७ पटक

मानव संसासन विभाग कोरीयाले लिएको इपिएस परिक्षा पास गरी कोरीया जाने तयारीमा रहेका विद्यार्थीहरुलाई इटहरीमा बधाई तथा शुभकामना व्यक्त गरीएको छ । कोरीयन भाषा अध्यापन गराउदै आएको इटहरीको लोटस कम्प्युटरले आफ्नो संस्थाबाट पास भएका दुई सय ३८ जना विद्यार्थीहरुलाई सम्मान गर्दै उज्वल भविष्यका लागि शुभकामना व्यक्त गरेको हो ।
कोरीयन भाषा परिक्षा उत्तिण गरी संस्थाले दिएको स्कील टेष्टको तालिम लिएका विद्यार्थीहरुले कोरीयामा गएर पनि राम्रोसँग काम गर्ने अपेक्षा गर्दै बधाइ र शुभकामना व्यक्त गरिएको हो । कार्यक्रममा संस्थाका भाषा प्रशिक्षकहरु रविन्द्र निरौला र हिमाल राउतले विद्यार्थीहरुलाई अबिर र खादा लगाएर सम्मान गर्नुभएको थियो ।
नेपालबाट कोरीयाले सन् २००८ देखि कामदार लैजादै आएकोमा यो बर्ष पास भएका आठ हजार चार सय ९० जना कामदारलाई पनि दुई बर्षभित्र लैजाने जनाइएको छ । आकर्षक तलब र उपयुक्त श्रम निति भएकाले नेपालीहरुमा कोरीया आकर्षक श्रम गन्तव्य बन्दै आएको छ । कोरीयन भाषा परिक्षा पास भएका विद्यार्थीहरुको यहि मंशिर ३ गतेदेखि मेडिकल गर्ने, ६ गतेदेखि रोजगार अवेदन फारम भर्ने तथा ९ गतेदेखि स्कील टेष्टको परिक्षा हुने इपिएस नेपाल शाखाले जनाएको छ ।।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg