गृहपृष्ठ » इटहरी अपडेट » अम्बे बचत तेश्रो बर्षमा

अम्बे बचत तेश्रो बर्षमा

 Posted by Itahari Fm | २०७२ कार्तिक २० | १७० पटक

समग्र देशको आर्थिक विकासमा सहकारीको भूमीका महत्वपूर्ण रहेको सहकारीकर्मीहरुले बताएका छन् । इटहरीको अम्बे बचत तथा ऋण सहकारी संस्थाको तेश्रो साधारणसभाका अवसरमा सहकारीकर्मीहरुले आर्थिक सामाजिक सुधारमा सहकारीको भूमीका महत्वपूर्ण रहेको बताएका हुन् ।
कार्यक्रममा बोल्दै महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष अमृता सुब्बा, बचत तथा ऋण सहकारी संघका जिल्ला अध्यक्ष रुद्र उपे्रति, अम्बे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष फडिन्द्र बहादुर पूर्वछाने लगायतले सहकारी देशको समग्र आर्थिक विकासको एक हिस्सा भएकोमा जोड दिनुभयो ।
तेश्रो बर्षमा प्रवेश गरेको अम्बेले चालु आर्थिक बर्षको अन्त्यमा एक करोड ५० लाख पुँजी पुर्याउने लक्ष्य समेत प्रस्तुत गरेको छ । हाल सहकारीको कुल पुँजी ७१ लाख ७९ हजार ८ सय रहेको छ । संस्थाका ३ सय ८४ जना सेयर सदस्य रहेका छन् ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg