गृहपृष्ठ » इटहरी अपडेट » इटहरी उपमहानगरपालिकामै जातिय विभेद

इटहरी उपमहानगरपालिकामै जातिय विभेद

 Posted by Itahari Fm | २०७२ कार्तिक १७ | ६२१ पटक

नेपाल जातिय छुवाछुत मुक्त राष्ट्र घोषणा भएको एक दशक बितेपनि अहिलेसम्म व्यवहारिक रुपमा भने समाजमा छुवाछुत हट्न सकेको छैन । इटहरी उपमहानगरपालिका भित्रै एक दलित परिवारले जातकै कारण पाइसकेको कोठाबाट बेइज्जतपूर्ण रुपमा निस्कनु परेको घटनाले यसको पुष्ठि गरेको छ ।
इटहरी ८ का श्याम भण्डारीले शान्ति गजमेर विश्वकर्मालाई कथित तल्लो जात भएकै आधारमा सम्झौता भइ सामान राखिसकेको कोठाबाट एकाएक निकालेका छन् । दशैं अघि नै दुवै पक्षबिच कोठा भाडा दिने विषयमा कुरा भएको थियो । सोहि अनुसार विश्वकर्मा भण्डारीको घरमा लिएको दुई कोठामा कार्पेट विच्छाएर सामान सार्ने तयारीमा थिइन् । तर हिजो राति फोनबाट जातका विषयमा भण्डारीले थाहा पाएपछि तल्लो जातलाई कोठा नदिने भन्दै राति नै सामान लैजान भनेका थिए । आफूले राति आउन नसक्ने, बिहान आएर लैजाने बताएपनि बिहान पुग्दा कोठामा बिच्छाइएको कार्पेट भण्डारी परिवारले निकालेर बाहिर फालिदिएपछि आफूलाई भेदभाव गरेको महसुस भएको शान्ति गजमेर विश्वकर्माले बताउनुभयो ।
गजमेर परिवारले आफूमाथि विभेद भएको भन्दै अधिकारकर्मी समक्ष न्याय माग गरेपछि आज इलाका प्रहरी कार्यालय इटहरीमा दुवै पक्षबिच छलफल भएको थियो । छलफलमा भण्डारी परिवारले भने आफ्नो पारिवारिक समस्याले कोठा दिन नसक्ने दावी गरेपनि छुवाछुतका विषयमा माफि समेत नमागेपछि गजमेर पक्षले भण्डारी विरुद्ध जातिय भेदभाव अन्तर्गतको मुद्धा हालेका छन् । दलित अधिकारकर्मी उमेश विश्वकर्माले देशमा जातिय विभेद अन्त्य भएको १० बर्ष बितेपनि दलित भएकै कारण कोठा भाडा नपाउने र पाइसकेको कोठाबाट समेत जातकै आधारमा निकाल्ने काम हुनु जातिय विभेद विरुद्धको आन्दोलनकै लागि प्रहार भएको बताउनुभएको छ । उहाले जातिय विभेद गर्नेलाई २५ हजारदेखि एक लाखसम्म जरिवाना र तीन बर्षसम्म कैद वा दुवै सजाय हुनसक्ने बताउनुभयो ।
घरधनी भण्डारीले भने आफूले जातका आधारमा नभइ आमा बस्ने कुरा भएपछि कोठा दिन अस्वीकार गरेको बताउनुभयो । जातिय छुवाछुतको आरोपमा प्रहरीले भण्डारीलाई नियन्त्रणमा लिएर छानविन र कार्बाहि सुरु गरेको छ । उनीमाथि आवश्यक अनुसन्धान गरी कार्बाहि अघि बढाउने इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg