गृहपृष्ठ » इटहरी अपडेट » इटहरीका सुब्बा भुमि सुधार मन्त्री बन्ने तय

इटहरीका सुब्बा भुमि सुधार मन्त्री बन्ने तय

 Posted by Itahari Fm | २०७२ कार्तिक १७ | २८१ पटक

केपी ओली नेतृत्वको सरकारमा मन्त्री भएका इटहरीका रामकुमार सुब्बाले भुमि सुधार मन्त्रालयको जिम्मा पाउने भएका छन् । बिनाविभागिय मन्त्री भएका सुब्बाले भुमि सुधार पाउने पक्का भएको जनाईएको छ । यस्तै राप्रपा नेपालले तीन मन्त्रालयसहित ६ जना मन्त्री सरकारमा पठाउने निर्णय गरेको छ।
राप्रपा नेपालले उपप्रधानसहित परराष्ट्र, स्थानीय विकास र भुमिसुधार मन्त्रालय पाउने भएको छ। अध्यक्ष कमल थापा उप प्रधानमन्त्री र परराष्ट्र मन्त्री तथा स्थानीय विकास मन्त्री बन्ने भएका छन्। यस्तै रामकुमार सुब्बा भुमि सुधार मन्त्री बन्ने तय भएको राप्रपा नेपालका एक उच्च नेताले बताए ।

यस्तै भूमिसुधार मन्त्रालयको राज्य मन्त्रीमा बिक्रमबहादुर थापा र सहायक मन्त्रीमा दिनेश श्रेष्ठलाई छानेको छ। यस्तै स्थानीय विकास मन्त्रालयको राज्य मन्त्रीमा कुन्तीकुमारी शाही र सहायक मन्त्रीमा विराज विष्टलाई बनाउने निर्णय भएको छ।

अध्यक्ष थापा स्वीट्जरल्याण्ड भ्रमणमा जानु अघि प्रधानमन्त्रीलाई आफ्ना पार्टीका तर्फबाट मन्त्री बन्नेहरूको नामावाली बुझाइसकेको ती नेताले बताए।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg