गृहपृष्ठ » News, इटहरी अपडेट » इटहरीका बैंकको सुरक्षाका लागि छ बुदे निर्णय

इटहरीका बैंकको सुरक्षाका लागि छ बुदे निर्णय

 Posted by Itahari Fm | २०७२ कार्तिक १६ | ३६८ पटक

इटहरी क्षेत्रमा रहेका बैंकहरुको सुरक्षाका लागि प्रहरी र बैंकका शाखा प्रमुखहरुले छ बुदे निर्णय गरेका छन् । इलाका प्रहरी कार्यालय इटहरीमा भएको बैंकका शाखा प्रमुख र प्रहरीबिचको बैठकले बैंकको सुरक्षा व्यवस्था मजबुत बनाउन छ बुदे निर्णय गरेको हो ।
बैठकले इटहरीका सबै बैंकले आफ्नो अगाडिको सडक र पारिपट्टिको भाग समेत देखिने गरी सिसि क्यामरा जडान गर्ने, बैंक मेनेजर र सेफ भएको एरियामा एसीसी कन्ट्रोल गर्ने व्यवस्था मिलाउने, बैंकका सुरक्षा गार्डहरुलाई आवधिक रुपमा प्रहरीले सुरक्षा अनुशिक्षण प्रदान गर्ने लगायतका निर्णय भएको हो । बैंक क्षेत्रमा हुने चोरी र लुटपाट नियन्त्रणका लागि सुरक्षा चुस्त राख्न यस्तो निर्णय गरिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख डिएसपी ओमप्रसाद अधिकारीले बताउनुभएको छ ।
बैठकले बैंकहरुले एमरजेन्सी अवस्थाका लागि सेक्युरेटी साइरन जडान गर्ने र निर्णय कार्यन्वयनका लागि नबिल बैंकका मेनेजर शुबोद लोहनी र इन्स्पेक्टर मातृका प्रसाद गुरागाईलाई फोकल पर्सनका रुपमा समेत तयार गर्ने निर्णय समेत गरेको छ ।
बैंक र प्रहरीबिच समन्वय कायम हुदा बैंकमा हुने चोरी नियन्त्रण हुने र बैंक क्षेत्रको सुरक्षामा सर्वसाधारण पनि ढुक्क हुने भएकाले यस प्रकारको निर्णय गरीएको प्रहरीले जनाएको छ ।।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg