गृहपृष्ठ » इटहरी अपडेट » सांग्रिलाको पूर्वमै पहिलो शाखा इटहरीमा

सांग्रिलाको पूर्वमै पहिलो शाखा इटहरीमा

 Posted by Itahari Fm | २०७२ कार्तिक १४ | ५४१ पटक

सांग्रिला डेभलपमेन्ट बैंकको इटहरी शाखाले कारोबर सुरु गरेको छ । पोखराको सांग्रिला डेभलपमेन्ट बैंक र नेपालगञ्जको बागेश्वरी डेभलपमेन्ट बैंक मर्ज भएर बनेको सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो ११औं वर्ष प्रवेशको अबसर परेर इटहरीबाट पनि करोबर सुरु गरेको हो । Shangrila-dev-bank-logoसांग्रिला बैंकले पूर्वमा पहिलो पटक शाखा सन्चालनमा ल्यएको प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौडेलले बताए । २८ वटा शाखा रहेको सांग्रिला डेभलपमेन्ट बैंकले ११औं वर्षमा प्रवेश गरेको अवसरमा केन्द्रिय कार्यालयमा आँखादान  र बिभिन्न शाखामा रक्तदान गरेको छ । दुइ वटा बिकास बैंक मर्ज भएपछिको यो पहिलो वाषिर्कोत्सव हो । बैंकले विभिन्न ग्रामिण क्षेत्रका विपन्न वर्गका व्यक्तिहरुलाई बिनाधितो लघुवित्त कर्जा समेत प्रदान गरिरहेको पौडेलले  बताए ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg