बजारमा नुन छैन : अभाव की कालोबजारी ?

बन्दका कारण ढुवानी हुन नसक्दा इटहरी सहित पूर्वका बजारहरुमा दैनिक उपभोग्य वस्तुको अभाव हुन थालेको छ । विशेष गरी इटहरी र आसपासका बजारहरुमा नुनको चरम अभाव देखिएको छ भने चिनी, तेल सहितका दैनिक उपभोग्य वस्तुको समेत अभाव हुन थालेको छ । पूर्वकै ठूलो भनिएको गोरखा डिपार्टमेन्टमा एक सातादेखि नुन छैन । बजारमा नपाएर डिपार्टमेन्टमा नुन किन्न आउने उपभोक्ताहरु रित्तो हात फर्किन बाध्य हुदै आएका छन् । डिपार्टमेन्टका कर्मचारीहरुले एक सातादेखि डिपार्टमेन्टमा नुन नआएको बताएका छन् । यस्तै डिपार्टमेन्टमा चिनी र तेलको स्टक समेत कम हुदै गएपछि प्रति व्यक्ति दुई किलो वा दुई लिटरका दरले मात्र बिक्रि वितरण भइरहेको छ । … Continue reading बजारमा नुन छैन : अभाव की कालोबजारी ?