गृहपृष्ठ » News » आठ प्रदेशले मात्र देशलाई निकास दिनसक्ने गच्छेदारको दावी

आठ प्रदेशले मात्र देशलाई निकास दिनसक्ने गच्छेदारको दावी

 Posted by Itahari Fm | २०७२ भदौ २१ | २९७ पटक

मधेषी जनाधिकार फोरम लोकतान्त्रीकका अध्यक्ष विजयकुमार गच्छेदारले १६ बुदे सहमतीमा भएको आठ प्रदेशले मात्र देशलाई निकास दिनसक्ने दावी गर्नुभएको छ । थरुहट थारुवान संयुक्त संघर्ष समीती इटहरी केन्द्रले आज इटहरीमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उहाले आठ प्रदेशले थारु, मधेषी सहित सबैका मागहरु सम्बोधन हुन सक्ने दावी गर्नुभयो ।
आफूले प्रस्ताव गरेको आठ प्रदेशले मात्र देशलाई निकास दिने भएपनि कांग्रेस, एमालेका नेताहरुले त्यसलाई बुझ्न नसक्दा छ र सात प्रदेशमा अल्झिदा देशको अवस्था बिग्रदै गएको बताउनुभयो ।
नेता गच्छेदारले दलहरुबिच छ प्रदेशको सहमती हुदा आफूले संविधान निर्माणका लागि फरक मत सहित हस्ताक्षर गरेको भएपनि निकास निस्कन नसक्ने बताएको भन्दै सात प्रदेश बनाउन सक्दा आठ प्रदेश किन बनाउन नसक्ने भन्दै कांग्रेस एमालेका नेताहरुलाई प्रश्न गर्नुभएको छ । आफूलाई एमाओवादी अध्यक्ष प्रचण्डको साथ रहेको भन्दै उहाले आफूले नै तीन तिर फर्किएका नेताहरुलाई एक बनाएर संविधान निर्माणलाई अघि बढाउन पहल गरेको बताउनुभयो । जनताको ६५ बर्षदेखिको मागलाई पुरा गराउन आफूले तीन नेताहरुलाई मिलाएको भन्दै सम्पूर्ण उपलब्धि अब संविधान निर्माणले नै संस्थागत गर्ने र संविधानसभाबाटै संविधान निर्माण हुने उहाले बताउनुभयो ।
पहिचानका पाँच र सामथ्र्यका चार आधारमा संघियता हुने सहमती अनुसार अघि बढेको भए देशमा आन्दोलन र हिंसाको दिन नआउने उहाले बताउनुभयो ।
सभामा सभाषदहरु अमनलाल मोदी, गोपाल दहित, पूर्वी थारुवान कोचिला संघर्ष समीती अध्यक्ष सन्तोष थारु लगायतले सम्बोधन गर्नुभएको थियो । सभामा पूर्वका विभिन्न जिल्लाबाट आएका पाँच हजार बढी थारुहरुको सहभागीता रहेको थियो ।
विरोध सभाअघि आज इटहरीमा थारुहरुले र्याली निकालेका थिए । उनीहरुले तराई क्षेत्रमा कम्तिमा तीन प्रदेश हुनुपर्ने, थारुहरुको पहिचान कायम हुनुपर्ने लगायतका नाराबाजी गरेका थिए । थारुहरुले तराईका २२ जिल्लामा २३ दिनदेखि हड्ताल गर्दै आएका छन् ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook