गृहपृष्ठ » अर्थतन्त्र » माया नगर्न आग्रह गर्दै गायक हेमन्त शर्मा

माया नगर्न आग्रह गर्दै गायक हेमन्त शर्मा

 Posted by Itahari Fm | २०७२ भदौ २१ | ३२६ पटक

कुनै समय न तेजावी सुन हो माया न त छापावाल भन्दै मायाको खुलेर समर्थन गर्ने, कहिले माया गर्छु भन्नेलाई माया देखाउन आग्रह गर्ने गायक हेमन्त शर्मा यस पटक भने नगर न माया मलाई भन्दै माया देखि डर लाग्ने कुरा गर्दैछन् । शर्माले वास्तविक जीवनमा भने यस्तो भनेका होईनन् । उनलाई यस्तो भन्न लगाएका हुन् गितकार पुरन निर्दोष र ढुण्डिराज ढकालले ।
तीज लगत्तै सार्वजनिक हुने नगर न माया मलाई, माया देखि डर लाग्छ बोलको आधुनिक गितमा संगित भने संगितकार ढुण्डिराज ढकालको रहेको छ ।
गितमा माया नगर्न आग्रह गरेता पनि गितलाई भने दर्शक श्रोताले सोचे भन्दा बढी माया गर्नेमा ढुक्क छन् गायक शर्मा । राम्रो संगित र उत्कृष्ट शब्दमा वर्षौ देखिको काम गर्ने ईच्छा यस गितले पुरा गरिदिएको गायक शर्माले बताए ।
हुन त यसअघि अन्जु पन्त प्रमोद खरेल,रजिना रिमाल  लगायतका चर्चित गायक गायिकालाई आफ्ना जादुमय संगितमा आवाज भर्न लगाएका संगितकार तथा गितकार ढुण्डिराज ढकाल यस गित श्रोताको मनमा वस्न सफल हुनेमा उत्तिकै आशावादी देखिएका छन् । नवोदित गितकार तथा संचारकर्मी पुरन निर्दोष पनि यस गितलाइ लिएर निकै आशावादी देखिएका छन् । उनको पहिलो गित भएर पनि उनी बढी मात्रामा आशावादी देखिएका हुन् ।
नेपाली साङ्गेंतिक क्षेत्रमा थुुप्रै गितहरुमा आफ्ना सुमधर आवाजको मिठो छाप छोड्न सफल गायक हेमन्त शर्माको गितले नगर न माया मलाई भने ता पनि श्रोताको माया कति पाउँछ त्यो भने हेर्न बाँकी नै छ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook