गृहपृष्ठ » News » पूर्वी पहाडका पुलिस तराई झारियो

पूर्वी पहाडका पुलिस तराई झारियो

 Posted by Itahari Fm | २०७२ भदौ १७ | ३६६ पटक

संयुक्त मधेषी मोर्चा र थारुहटले आह्वान गरेको आन्दोलन पश्चिमका केहि जिल्लामा हिंस्रक भएर स्थानिय प्रशासनले दंगाग्रस्त क्षेत्र घोषणा गरेपछि पूर्वी तराईका जिल्लामा सुरक्षा संयन्त्र हाइ अलर्ट राखिएको छ । पूर्वी तराईका पाँच जिल्लामा कुनै प्रकारको अप्रिय घटना हुन नदिन नेपाल प्रहरी र शशस्त्र प्रहरीलाई हाइ अलर्ट राखिएको आजको नागरिक पूर्वेलीले लेखेको छ ।
नेपाल प्रहरीले पूर्वी पहाडि जिल्ला ओखलढुंगा, खोटांग, सोलुखुम्बु र उदयपुरबाट प्रहरी झिकाएर पूर्वी तराईका जिल्लामा परिचालन गरेको छ । प्रहरी प्रधान कार्यालयबाट पनि आवश्यक प्रहरी झिकाएर तराईका जिल्लाहरुमा परिचालन गरीएको छ । पूर्वी तराईका जिल्लामा छ सय सुरक्षाकर्मी थपेर परिचालन गरीएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरका डिआईजी माधव जोशिले जानकारी दिनुभयो ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…

आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg