अलपत्र चार सय बढी सवारीलाई स्कर्टिङ

संघिय लोक्तान्त्रिक मधेशी मोर्चाको अनिश्चितकालीन बन्दका कारण बाटोमा रोकिएका चार सय सवारी साधनहरुलाई प्रहरीले स्कर्टिङ गरी गन्तव्यसम्म पुर्याएको छ । काठमाडौंबाट आएर सिरहाको बन्दीपुरमा अलपत्र परेका तथा पूर्वबाट काठमाडौंका लागि हिडेका सवारी साधनहरुलाइ प्रहरीले गन्तव्यसम्म पुर्याएको हो । रोकिएर बसेका दुई सय ९८ वटा बस, मालवाहक ट्रक तथा निजी सवारीहरुलाई सुरक्षा निकायले स्कर्टिङ गरी उदयपुर, झापा, मोरङ र सुनसरी जिल्लासम्म ल्याएको छ । यस्तै, पूर्वबाट पश्चिमतर्फ जान लागेको एक सय ८१ वटा सवारी साधनहरुलाई समेत स्कर्टीङ गरी सिरहाको बन्दीपुर कटाईएको छ । सवारी स्कर्टिङकै क्रममा सिरहा, सप्तरी र सुनसरीमा बन्दकर्ताहरुले शुक्रबार सांझ तीन वटा सवारी साधनमाथी तोडफोड गरेका छन् । … Continue reading अलपत्र चार सय बढी सवारीलाई स्कर्टिङ