५० लाखको प्रलोभन देखाउने कार्य दुर्भाग्य पूर्ण : सिँचाई मन्त्री

सिँचाई मन्त्री एन पि साउदले आन्दोलनका लागि ५० लाखको प्रलोभन देखाउने कार्य दुर्भाग्य पूर्ण रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन सुनसरीले आज इटहरीमा गरेको पत्रकार सम्मेलनमा मन्त्री साउदले मधेषी दलहरुले जनतालाई प्रलोभन देखाएर आन्दोलनमा उतार्न खोज्नु दुर्भाग्यपूर्ण भएको बताउनुभयो । मन्त्री साउदले आन्दोलनमा आउने र विचार राख्ने कुरालाई आर्थिक लेनदेनको विषय बनाउने कुरामा सरकार चिन्तित रहेको भन्दै यस्तो कार्य रोक्नुपर्ने सरकारको स्पष्ट दृष्टिकोण रहेको बताउनुभयो । अहिले प्रदेश विभाजनको विषयमा भइरहेको आन्दोलनप्रति धारणा राख्दै मन्त्री साउदले संविधान निर्माणको क्रममा यस्तो गतिविधि गर्न नहुने बताउनुभयो । उहाले सरकार र दलहरुबिच भएका सहमतीलाई संस्थागत गर्दै अहिले छ प्रदेशकै संघिय संरचना भएको … Continue reading ५० लाखको प्रलोभन देखाउने कार्य दुर्भाग्य पूर्ण : सिँचाई मन्त्री