व्यापारीले घोषणा गरे इटहरीलाई बन्द मुक्त शहर

बन्द हडतालले आक्रान्त बनेका इटहरीका व्यवसायीहरुले आज इटहरीलाई बन्द मुक्त क्षेत्र घोषणा गरेका छन् । घोषणा गर्नुपुर्व इटहरी उद्योग वाणिज्य सँघको आयोजनामा इटहरीका सक्रिय राजनितिक दल, नागरीक समाज लगायतको सर्वपक्षिय भेलाले बन्दको विकल्पको बारेमा अन्तक्रिया चलाइएको थियो । कार्यक्रममा बोल्ने अधिकाँश व्यवसायीले बन्दले देशको सम्मुन्नतिमा अवरोध पुर्याएको भन्दै राजनितिक दलका प्रतिनिधिलाई बन्दको विकल्प खोजि निर्बाध रुपमा व्यवसाय गरि खान पाउने व्यवस्था मिलाउन माग गरेका थिए । कार्यक्रममा उद्योग बाणिज्य संघ इटहरीका अध्यक्ष रोहित प्रसाइले एक दिन बन्द हुदा इटहरीवासीले करोडौको नोक्सानी बेहोर्नुपर्ने भएका कारण इटहरीलाई बन्द मुक्त गरीएको बताउनुभयो । राजनितिक दलका तर्फबाट नेपाली काँगे्रस इटहरी सभापती हेमकर्ण पौडेलले इटहरीलाई … Continue reading व्यापारीले घोषणा गरे इटहरीलाई बन्द मुक्त शहर