गृहपृष्ठ » News, इटहरी अपडेट » इटहरी खानेपानीमा साढे १३ करोडको थप योजना

इटहरी खानेपानीमा साढे १३ करोडको थप योजना

 Posted by Itahari Fm | २०७२ असार १७ | ६५३ पटक

सन् २०२२ सम्मका लागि लक्षित गरी इटहरीमा साढे १३ करोड रुपैयाको खानेपानी योजना थप भएको छ ।  इटहरी साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई एशियाली विकास बैंक, एडिबिको सहयोगमा सो योजना थप भएको हो । एडिबिको ७० प्रतिसत अनुदानमा हुने योजनाको प्राविधिक सर्वेक्षण समेत गरी गत फागुन महिनामा खानेपानी सरसफाई तथा उपभोक्ता आयोजनासँग माग गरिएको थियो ।
इटहरी साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष रामप्रसाद चौलागाइका अनुसार सो रकमबाट इटहरीमा चार वटा प्रेसर फिल्टरको ट्रिटमेन्ट प्लान्ट, चार थान डिप बोरिङ, दुई हजार छ सय ११ किलोमिटर पाइपलाइन विस्तार लगायतका आवश्यक भल्भचेम्बर जेनेरेटर विद्युत प्रणाली र पानी परीक्षणका लागि आवश्यक उपकरण जडान हुनेछन् । अझै थप हुने संभावना सहितको १३ करोड ५१ लाख २० हजार पाँच सय २२ रुपैयाको योजना स्वीकृत भएको अध्यक्ष चौलागाईले बताउनुभयो ।
योजना थप भएपछि हाल वितरण हुने १२ घण्टाको समय बढेर दैनिक १८ घण्टा पानी वितरण गर्न सकिने उहाको भनाई छ । नेपाल सरकार शहरी विकास मन्त्रालय अन्तर्गतको साना शहरी खानेपानी तथा सरसफाई योजना मार्फत हुने आयोजनाबाट २०७३ साल असार महिनाभित्रमा सम्पन्न हुने पनि चौलागाईले बताउनुभयो । सबलीकरण आयोजना अन्तर्गत पुननिर्माण, सञ्चालन एवम् व्यवस्थापन गर्न गत असार ११ गते भएको सम्झौता अनुसार सन् २०२२ सम्ममा थप १० हजार ३५ वटा धारा जडान भइ सेवा क्षेत्रका २१ हजार चार सय ६५ घरधुरीका एक लाख भन्दा बढी उपभोक्तालाई सेवा दिने उहाले बताउनुभयो ।
इटहरी साना शहरी खानेपानीले १ देखि ९ वडा, १७, २६ पुरै र २०, २२, २४ वडा आंशिक सेवा क्षेत्र कायम भइ सेवा क्षेत्रमा काम गर्दै आएको छ । इटहरीमा दैनिक हाल ७५ लाख लिटर पानी संस्थाले वितरण गर्दै आएको संस्थाका व्यवस्थापक हरि कटुवालले जानकारी दिनुभयो ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg