अरीहन्तमा आगलागी, १५ लाख क्षतिको दावी

बारम्बार आगलागी हुने सुनसरीको सोनापुर स्थित अरीहन्त मल्टिफाइवर्समा आज पुनः आगलागी भएको छ । जुट उत्पादन गरेर फालिएको वस्तुमा आगलागी भएको हो । उद्योगको पछाडिपट्टि भण्डारण गरेर राखिएको वेष्टेज वस्तुमा तापक्रम बढी भएका कारण आफै आगलागी भएको हुनसक्ने अनुमान गरीएको छ । रुवा जस्तै वस्तू भएकाले आगो केहिबेरमै फैलिएको थियो । आगो नियन्त्रणमा लिन इनरुवा, धरान, इटहरीको दमकल, शशस्त्र प्रहरी, नेपाल प्रहरी, मजदुर र स्थानियलाई हम्मेहम्मे परेको थियो । आगलागीबाट करिब १५ लाख रुपैयाको क्षति भएको उद्योगले दावी गरेको छ । उद्योगका प्रबन्धक गोविन्द बजगाईले जुट उत्पादनपछि निस्कीएको कच्चा पदार्थ भएपनि पेपर र फेल्ट बनाउन अन्य उद्योगले प्रयोग गर्ने वस्तु … Continue reading अरीहन्तमा आगलागी, १५ लाख क्षतिको दावी