निजि स्तरमा खुलेका प्राय संस्थाहरु नाफामुखी हुने गर्छन् । अझ निजि विद्यालय र कलेजको ध्यान बढी मात्रामा विद्यार्थी तान्नमै केन्द्रित हन्छन् । एसएलसी परिक्षासँगै निजि कलेजहरु विद्यार्थी तान्न घरघरमा पुग्छन् तर आफ्नो सामाजिक दायीत्व पुरा गर्ने र विद्यार्थीलाई सामाजिक दायीत्व सिकाउने काम भने केहि सिमित कलेजहरुले मात्र गर्ने गरेका छन् । पढाईसँगै सामाजिक काममा समेत इटहरी सहित पूर्वमै नमुनाका रुपमा चिनिएको विश्वआदर्श कलेज जसले बर्ष भरी नै कुनै न कुनै सामाजिक काम आफै पनि गर्छ र विद्यार्थीहरुलाई पनि सामाजिक कामका लागि उप्रेरीत गर्ने गर्छ ।
कहिले सडकमा जेब्राक्रस बनाइरहेका, कहिले ट्राफिकलाई व्यवस्थानमा सघाइरहेका भेटिने विश्वआदर्श कलेज इटहरीका विद्यार्थीहरु यो साता रगतदाताका रुपमा समेत प्रस्तुत भए । कलेजको १७ औं बार्षिक उत्सवका अवसरमा कलेजले गरेको रक्तदानमा कलेजका शिक्षकहरुसँगै विद्यार्थीहरुपनि सहभागी भएका थिए । पढाईमा पूर्वकै उत्कृष्ट मध्येमा पर्ने र निरन्तर सामाजिक काममा समेत विद्यार्थीलाई सक्रिय गराउदै आएको कलेज आफै पनि सामाजिक दायीत्वमा निरन्तर अग्रसर छ । कलेजले सोमबार मागेर पनि सामाजिक
सेवामा सक्रिय भएर दानवीरको परिचय बनाएका दृष्टिबिहिन अमरबहादुर गुरुंगलाई सम्मान गरेको थियो । गुरुंगले मागेर ल्याएको पैसाबाट ५० हजार रुपैया बराबरको नगद र घण्टी इटहरीको राधाकृष्ण मन्दिरमा सहयोग गरेका थिए । कार्यक्रमका प्रमुख अथिति प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले गुरुंगलाई नगद पाँच हजार र सम्मान पत्र प्रदान गरी सम्मान गर्नुभयो ।
यस्तै कलेजले इटहरीको सर्पदंश उपचार केन्द्रलाई ३१ हजार दुई सय रुपैया बराबरको तीन वटा बेड उपलब्ध गराएको छ । सर्पदंशमा बेडको अभाव भइरहेकोले सामाजिक सेवा अन्तर्गत सहयोग गरीएको कलेजका प्राचार्य लेखनाथ घिमिरेले जानकारी दिनुभयो । यस्तै कलेजले सामाजिक काम अन्तर्गत नै पत्रकार महासंघ सुनसरीसँग बार्षिक एक जना पत्रकारका छोराछोरीलाई पूर्ण छात्रवृत्तिमा पढ्ने अवसर दिएको छ । छात्रवृत्ति सम्बन्धि सम्झौता पत्रकार महासंघ सुनसरीका अध्यक्ष केशव घिमिरेलाई प्रदान गरी कलेजले बार्षिक एक जना पत्रकारका छोराछोरीलाई कलेजमा पूर्ण छात्रवृत्तिमा पढाउने जिम्मेवारी समेत लिएको हो । कलेजले एसिला स्मृती छात्रवृत्तिबाट कक्षा ११ की चञ्चल अटललाई सम्मान गरेको थियो भने विभिन्न संकाय र तहमा उत्कृष्ट हुने विद्यार्थिहरु समेत सम्मानित भएका थिए ।
निरन्तर सामाजिक काममा सक्रिय रहेको विश्वआदर्श कलेजप्रति अभिभावक तथा समाजका प्रतिष्ठीत व्यक्तित्वहरुलाई प्रसंसा व्यक्त गरेका छन् । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पन्थले विश्व आदर्श जस्तै अन्य निजि कलेजहरुले पनि सामाजिक कामप्रति गम्भीर र सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नागरीक समाज इटहरीका अध्यक्ष डानियल सुब्बा, नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष केशब घिमिरे लगायतको सहभागीता रहेको थियो ।।
गृहपृष्ठ » News » बिश्व आर्दश कलेज सामाजिक काममा
बिश्व आर्दश कलेज सामाजिक काममा
Posted by Itahari Fm | २०७१ चैत्र ९ | २७३ पटक


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।




