गृहपृष्ठ » News, इटहरी अपडेट » यसरी बन्दैछ इटहरी

यसरी बन्दैछ इटहरी

 Posted by Itahari Fm | २०७१ फागुन ५ | ४६०६ पटक

चीन र भारत जस्ता बिसाल मुलुकको बिचमा चेपिएको नेपाल जस्तै हो इटहरी । यो शहर धरान र बिराटनगर जस्ता पुराना र ठुला शहरको बिचमा छ । तर यो शहर असारमा बाँसको तामा बढेझै बढी रहेको छ । काँहा पुगेर निहुरिन्छ या बढि रहन्छ थाहा छैन । झट्ट हेर्दा यो ननिहुरीने गतिमा निरन्तर समृद्ध हुदैछ । ९ वटा वडा रहेको नेपालकै सानो मध्येको इटहरी नगरपालिका उपमहानगरपालिका भएर ठुलो भएको मात्र होइन यहाँ भौतिक र सामाजिक बिकास पनि त्यसरीनै भैरहेका छन । पछिल्लो पटक इटहरी आएका सरकारी अधिकारी र यहाका ब्यबसायीको पहलमा इटहरीले रुप फेर्दैछ रुप । बेस्याबृति र गुण्डागर्दीले चर्चा पाएको यो शहर सस्कारयुक्त र शान्त शहर भएको छ । गेट भित्र छिर्दा हीलाम्ये घिन लाग्दो इटहरी नगरपालिकाको कार्यालय क्षेत्र अहीले जो पुग्यो उही फोटो खिच्न तम्सीने सुन्दर भएको छ । बस्ती बस्तीका सडक कालोपत्रे भैरहेका छन । DSC08422
इटहरीका ब्यबसायीले पनि निकै ठुला ठुला भौतिक संरचना बनाइ रहेका छन । इटहरीकै परिचय र गौरबको रुपमा गोर्खा डिपार्टमेण्ट स्टोरको स्थापना गर्ने बलराम आचार्य, इटहरीका स्थापित ब्यबसायी भीम पौडेल, शुनिल कुमार अग्रवाल लगायतको संयुक्त लगानीमा इटहरीमा गरिमा नामको थ्री स्टार होटल बनिरहेको छ । रेवती दुलालले इटहरीमा काठमाण्डौ बाहीरको सबभन्दा सुबिधा सम्पन्न सपीगं मल इटहरी मल बनाएका छन । पुर्बको केन्द्र भएर पनि एउटा सामान्य सिनेमा हल समेत नभएको इटहरीमा अहीले आधुनिक र ब्यबस्थीत सिनेमा हल आइ सिनेमा चलिरहेको छ । इटहरीकै डम्बर तामागं र बिराटनगरका सञ्जय अग्रवालले इटहरीमा ओसियन पार्क नामको फन पार्क बनाएर इटहरीको बिकासमा साथ दिएका छन । DSC08420इटहरीमा ब्यबसायीक हीसाबले १० तले भबन बनिरहेका छन । ठुला भबन भन्ना साथ गोर्खा डिपार्टमेण्ट स्टोरको नाम आउने इटहरीमा इटहरीकै भाइसन बर्देबाले गोर्खासंगै जोडेर गोर्खा भन्दा एक तला अग्लो भबन बनाएका छन । राम प्रसाद काफ्लेले इटहरीकै जनता स्कुल अगाडी सम्भबत इटहरीको अहीले सम्मकै सबै भन्दा ठुलो ब्यबसायीक भबन बनाइरहेका छन । इटहरी मलले पुर्बलाइनकै मुहार फेरेको छ । इटहरीकै हलगडामा डेड बिगा जग्गामा चौतिस वटा एकनासका घर बनेका छन । यबसायीहरुको सामुहीक पहलमा बनाइएका ती घरहरुमा बस्ती बस्दा इटहरीका लागि त्यो एउटा नमुना हुनेछ । बिश्व आर्दश, कस्तुरी, कोशी र सुस्मा कलेजका बडेमानका सुन्दर बिल्डिगं र त्यहाको गुणस्तरिय शिक्षाले भौतिक र शैक्षिक बिकासलाइ एक साथ अघि बढाइरहेको देखिन्छ । aaa
केही समय पहिले सम्म बेष्याबृति र गुण्डागदीले नाम कमाएको यो शहर डिएसपी बिनोद शर्मा आउना साथ रातारात फेरिएको हो । शर्माले नौलो केही गरेर इटहरीको बेष्याबृति र गुण्डागर्दी नामेट भएको होइन उनले पुलिस अफिसरको डिउटी इमान्दार ढंगले पुरा गरे । प्रचारकालागि गरे पनि, प्रतिसोधमा गरे पनि, आबेगमा गरे पनि, साच्चै इटहरीलाइ राम्रो बनाउनकालागि गरे पनि, अर्काको आदेशमा गरे पनि आफै जानेर गरे पनि बिनोद शर्माले इटहरीको सामाजिक बिकासमा ठुलो काम गरे । उद्योग बाणिज्य संघ इटहरीका अध्यक्ष रोहीत प्रसाइले इटहरीलाइ प्लाष्टिक झोला मुक्त क्षेत्र बनाए । यो त्यति सामान्य खालकोकाम थिएन । कीप इटहरी क्लीनका अभियानकर्मीहरुले इटहरीलाइ सफा शहर बनाउन आफैले निरन्तर शहर बडारे । लेखनाथ घिमिरे, प्रेम न्यौपाने लगायतले शैक्षिक बिकासमा योगदान गरे ।kasturi building इटहरी उपमहानगरपालिकाका कार्यकारी अधिकृत पशुपति खतिवडाले इटहरीलाइ नगरपालिकाबाट उपमहानगरपालिका बनाउने मात्र होइन इटहरीबासीको बिकास प्रतिको उत्साहलाइ निरन्तर उत्प्रेरणा दिए । इटहरीको जग बसाउने र घुडा टेकाउने काममा राम कुमार सुब्बा र सर्बध्वज सावाको भुमिका पनि बिर्सन नहुने खालको छ ।
यी लगायत आम इटहरीबासीको समृद्धि प्रतिको उच्च आकाँक्षाले इटहरीलाइ समृद्धि तर्फ दौडाइ रहेको छ । करिब चालिस हजार घर रहेको इटहरीमा डेडलाख जति मान्छे बस्छन । यो शहर सम्भावनायुक्त शहर हो तपाइ हामीले पनि समृद्धिकालागि केही गरौ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg