गृहपृष्ठ » News » सल्टिने भयो इटहरीको टाउको दुखाई

सल्टिने भयो इटहरीको टाउको दुखाई

 Posted by Itahari Fm | २०७१ फागुन ३ | ५५३ पटक

लामो समययता इटहरीको टाउको दुखाई बनेको फोहोर व्यवस्थापनको समस्या अब सल्टिने भएको छ । इटहरी उपमहानगरपालिकाको लामो प्रयासपछि डम्पींग साइटका लागि इटहरी १० खनारमा फोहोर व्यवस्थापन गर्ने टुंगो लागेको हो । लामो समयसम्म उपयोग हुने गरी सो स्थानमा पूर्वाधार तयार गरेर इटहरीको फोहोर व्यवस्थापन गरीने इटहरी उपमहानगरपालिकाका कार्यकारी अधिकृत पशुपति खतिवडाले जानकारी दिनुभएको छ ।
नगरपालिकाका वातावरण शाखा प्रमुख प्रोक्षण पोखरेलले नगरपालिकाले सम्झौता अनुसार केहि दिनमै पूर्वाधार तयार गर्ने बताउनुभयो । स्थानियलाई उपमहानगरपालिकाले बाटो निर्माण गरीदिनेदेखि त्यहाँ सिर्जना हुने रोजगारीमा स्थानियलाई प्राथमिकतामा राख्ने उहाले बताउनुभयो । शनिबार खनारका स्थानियसँग नगरपालिकाको सम्झौता भएको हो ।
यसअघि नगरपालिकाले विभिन्न स्थानमा अल्पकालिन रुपमा फोहोर फाल्दै आएपनि सबै ठाउँमा समस्या भएको थियो । जसका कारण फोहोर व्यवस्थापनको जिम्मा पाएको इन्भारो केयर समेत समस्यामा परेको थियो ।।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…

आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg