गृहपृष्ठ » News » राजेन्द्र महतोले भने ‘केपी ओलीलाई राँचि लैजानुपर्छ’

राजेन्द्र महतोले भने ‘केपी ओलीलाई राँचि लैजानुपर्छ’

 Posted by Itahari Fm | २०७१ माघ २६ | ३३१ पटक

नेपाल सद्भावना पार्टिका अध्यक्ष राजेन्द्र महतोले एमाले अध्यक्ष केपी ओलीलाई एक पटक राँचि लगेर देखाउनुपर्ने बताउनुभएको छ । ओली सद्धे नरहेको भन्दै उहाँले सद्धे मान्छेले मधेष नै नदेख्ने र १० अर्ब दिए आन्दोलन फिर्ता लिन्छन् भन्ने अभिव्यक्ति दिन नसक्ने बताउनुभयो । सद्भावना पार्टिको सुनसरी क्षेत्र नम्बर २ को आन्दोलन परिचालन समीतीले आज सुनसरीको इटहरी स्थित तरहरामा गरेको पत्रकार भेटघाटमा नेता महतोले विहार र युपीमा गएर मधेष खोज्न लगाउने ओली राँचि लगेपछि मात्र ठिक हुने बताउनुभयो । मधेष देख्दै नदेख्ने ओलीलाई दिनमै रतन्धो रोग लागेको उहाँको आरोप थियो ।
नेता महतोले हालै प्रधानमन्त्री शुशिल कोइरालाले गरेको वार्ता आह्वान आन्दोलन तुहाउने षड्यन्त्र मात्र भएको टिप्पणी गर्नुभयो । ३० दलिय मोर्चाको आन्दोलन रोक्न र त्यसलाई तुहाउने षड्यन्त्रले प्रधानमन्त्रीले वार्ता आह्वान गरेको उहाको भनाई छ । नेता महतोले कांग्रेस एमाले सहमतीको पक्षमा नरहेको भन्दै आफूहरु धेरै पटक वार्तामा बसेकाले अहिले आह्वान गरीएको वार्तामा गएपनि केहि निस्कीन नसक्ने बताउनुभयो ।
शान्ति सम्झौता, मधेष आन्दोलनको सहमती र अन्य विभिन्न आन्दोलनका सहमतीको भावना अनुसार संविधान निर्माण गर्ने पक्षमा कांग्रेस एमाले आए सहमती हुने भन्दै नेता महतोले कांग्रेस एमाले दुई तिहाईको दम्भमा लागेर पुराना सहमती तोड्न लागिपरेकाले सहमती हुन नसकेको बताउनुभयो । ३० दलिय मोर्चा सहमती तोड्न नदिन अहिले आन्दोलनमा रहेको उहाँको भनाई थियो ।
सुनसरी, मोरंग र झापा कोचिला प्रदेश रहेको भन्ने मोर्चाकै नेतृत्वकर्ता एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ति र तीन जिल्लालाई छुट्टै प्रदेश बनाउन हुने भन्ने मोर्चाकै घटक फोरम लोकतान्त्रीक अध्यक्ष विजय गच्छदारले अभिव्यक्ति उहाँहरुको व्यक्तिगत भनाई रहेको भन्दै महतोले मधेषमा दुई प्रदेश सहित १० प्रदेशको विषय ३० दलिय मोर्चाको साझा धारणा रहेको बताउनुभयो । झापा, मोरंग र सुनसरीदेखि कैलाली कञ्चनपुरसम्म जम्मा दुई प्रदेश हुने भन्दै नेता महतोले मोर्चाको धारणा विपरित बोले प्रचण्ड र गच्छेदारलाई पनि नछोड्ने बताउनुभयो । झापा, मोरंग, सुनसरीलाई छुट्टै प्रदेश बनाउने गच्छेदारको भनाई कांग्रेसको भनाई रहेको महताको आरोप थियो । उहाले कांग्रेस एमालेले ल्याएको सात प्रदेशको प्रस्ताव उनीहरुको खल्तीबाट आएको भन्दै सात प्रदेश पहिचान विरोधि र विना आधारको रहेको बताउनुभयो ।
विवादित विषयमा जनमत संग्रह गर्न सकिने भन्ने प्रसंगमा नेता महतोले धर्म निरपेक्ष, गणतन्त्र र संघियताको विषय विवादित विषय नभएको भन्दै आन्दोलनले टुंग्याएको विषयमा जनमत संग्रह नहुने स्पष्ट पार्नुभएको छ ।
नेपाल सद्भावना पार्टि अहिले पूर्वको सुनसरी, मोरंग र झापामा प्रशिक्षणका क्रममा रहेको छ । आन्दोलनमा जनता परिचालनका सम्बन्धमा सद्भावनाले आफ्ना कार्यकर्ताहरुलाई प्रशिक्षण दिदै आएको छ । प्रशिक्षण कार्यक्रमकै लागि महतो पूर्व आएको पार्टि श्रोतले जानकारी दिएको छ ।
सुरेश घिमिरे


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook