किड्स हाउस सपिंग सेन्टर इटहरीले सरस्वती पुजाको अवसर पारेर मन्टेश्वरी सहितका बालबालिकाका खेलौनाहरु पसल आजदेखि सुरु गरेको छ । किड्स हाउसकै दोश्रो तल्लामा बालबालिका लक्षित सबै प्रकारका खेलौना, स्वीमिंग ड्रेस तथा सामान, स्पोर्ट, गिफ्ट आइटम, मन्टेश्वरीका सामानहरुको पसल सुरु गरेको हो ।
बालबालिका सम्बन्धि सामानहरु किनमेल गर्न धेरै ठाउँ पुग्नेपर्ने ग्राहकको समस्यालाई समाधान गर्न एकै ठाउँमा बालबालिकासँग सम्बन्धि सबै प्रकारका सामानहरुको व्यवस्था गरीएको किड्स हाउसका सञ्चालक अनिल सुब्बाले जानकारी दिनुभयो । किड्स हाउसमा यसअघि बालबालिकाका कपडा, जुत्ता लगायतका सामानहरु पाइने गरेकामा अब सबै प्रकारका खेलौना र मन्टेश्वरीका सामान पनि उपलब्ध हुने सुब्बाले बताउनुभएको छ ।।
गृहपृष्ठ » अर्थतन्त्र » किड्समा मन्टेश्वरी
किड्समा मन्टेश्वरी
Posted by Itahari Fm | २०७१ माघ ११ | १८८ पटक


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।




