ट्रिपरको ठक्करबाट घाइते भएकालाई उपचार गर्नुपर्नेमा सडकमा सवारी आवगमन अवरुद्ध गर्दै शनिबार ट्रिपर व्यवसायीहरु शक्ति प्रदर्शन ओर्लिए । पुर्वपश्चिम राजमार्ग अन्तर्गत सुन्दरदुलारी ११ को बाँसवारि स्थित मादेन पेट्रोल पम्प अगाडि गत पुस २४ गते राती युवा संघका नेता रुपेश बगजाईको नामा रहेको र व्यवसायी भिम पौडेलले प्रयोग गर्ने गरेको ट्रिपरको ठक्करबाट कोशीहरैचा स्थित विराटचोकका ४७ बर्षिय शेरबहादुर मास्के गम्भिर घाइते भएका थिए ।
मास्के सवार को १३ प ३७६६ नम्बरको मोटरसाईकल, को १ ख २८८५ नम्बरको ट्रिपरमा ठोक्किदा गम्भिर घाइते हुन पुगेका उनको उपचारको क्रममा काठमाडौ स्थित टिचिङ अस्पतालमा विहिवार दाहिने खुट्टा काट्नु परेको आफन्तजनले बताएका छन् । दुर्घटना लगत्तै उपचारका लागि दुई लाख खर्च ट्रिपर संघ मार्फत उपलब्ध गराएपनि खुट्टा काटिसकेको अवस्थापछि भने पटकपटक सम्पर्क गर्दा समेत व्यवसयी भीम पौडेल र ट्रिपर धनि रुपेश बजगाई सम्पर्कमा नआएको घाइतेका भाई प्रेम मास्केले बताए । सो ट्रिपरका चालकले दुर्घटना गराएको भन्दै इलाका प्रहरी कार्यालय इटहरीमा स्वगिराफ्तारि दिए पनि केहि समयको नियन्त्रण पछि आफ्नो क्षेत्र भित्र नपर्ने भन्दै इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी विनोद शर्माले छोडिदिएको र त्यसपछि प्रहरीले व्यवसयीको दवावमा कुनै कारवाही नगरेको भाई मास्केले गुनासो गरे ।
‘उपचार खर्चको माग गर्दा दुई लाख उपचार खर्च र दुई लाख पचास हजार क्षतिपूर्ति दिन्छौ, सहमतिको कागज गरौं भनेर दवाव दिन्छन्’ भाई मास्केले बताए । उनले क्षतिपूर्ति भन्दा पनि आफ्नो माग दाईको उपचार हुनुपर्ने भएको बताए । घाइते मास्केको उपचारमा तीन लाख पचास हजार खर्च भइसकेको र टिचिङ अस्पतालको विल आउन बाकि रहेको उनले बताए । उपचार खर्च उपलब्ध गराउन ट्रिपर धनीहरुले बेवास्ता गरेको भन्दै मास्केका परिवार र बिराटचौकबासीले शनिबार भिम पौडेल सहितका व्यवसायीका ११ वटा ट्रिपर नियन्त्रणमा लिएका थिए । उनीहरुले मास्केको उपचार खर्च व्यहोर्नुपर्ने माग गरेका छन् ।
यता आफ्ना ट्रिपर नियन्त्रणमा लिएको विरोधमा ट्रिपर व्यवसायीले शनिवार पुर्वपश्चिम राजमार्ग अन्तर्गत बाँसवारी सडकखण्डमा ट्रिपर तेर्साएर दुई घण्टा भन्दा बढि सवारी आवगमनमा अवरोध पु¥याएका थिए । ट्रिपर संघका महासचिव शिव पोखरेलले भने रोकिरहेको ट्रिपरमा मादक पदार्थ सेवन गरी आएका मास्के आफैले ठोक्काएको र दुई लाख रुपैया उपचार खर्च दिएपनि आफ्नो ट्रिपर नियन्त्रणमा लिएको आरोप लगाए । शनिबार नै प्रहरीको पहलमा दुई पक्षबिच वार्ता भएपनि सहमती हुन नसकेको बताईएको छ ।
गृहपृष्ठ » News » ट्रिपरले ल्यायो दुवै पक्षलाई सडकमा
ट्रिपरले ल्यायो दुवै पक्षलाई सडकमा
Posted by Itahari Fm | २०७१ माघ ११ | ४१५ पटक


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।




