विद्याकी देवी सरस्वतिको पूजाआराधना गरी वसन्तपञ्चमी मनाइँदै

वसन्तपञ्चमी अर्थात श्रीपञ्चमी पर्व आज मुलुकभर विद्याकी देवी सरस्वतिको पूजाआराधना गरी मनाइँदै छ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी सरस्वतीलाई भारती, शारदा, हंसबाहिनी, जगत्माता, वागेश्वरी, कौमारी, वर्दायिनी, बुद्धिधात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पनि पुकारिन्छ । श्रीपन्चमीका दिन विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्य गर्न साइत हेर्नु पर्दैन भन्ने जनविश्वास रहेको छ । आजकै दिनदेखि ऋतु परिवर्तन हुन्छ भन्ने धार्मिक मान्यता पनि रहेको छ । त्यस्तै, बालबालिकालाई आजैदेखि अक्षर सिकाउने प्रचलन पनि रहेको छ । आज सरस्वतीको पूजा गर्दा ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने विश्वास रहेको छ । साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थीले आआफ्ना साधनाका … Continue reading विद्याकी देवी सरस्वतिको पूजाआराधना गरी वसन्तपञ्चमी मनाइँदै