गृहपृष्ठ » News » सुनसरीमा दुई उपमहानगर, तीन नगरपालिका

सुनसरीमा दुई उपमहानगर, तीन नगरपालिका

 Posted by Itahari Fm | २०७१ मंसिर १७ | ५०० पटक

सुनसरी जिल्ला नेपालकै दुई उपमहानगरपालिका भएको पहिलो जिल्ला भएको छ । सरकारले हिजो इटहरी र धरान नगरपालिकालाई उपमहानगरपालिका घोषणा गरेसँगै सुनसरी देशकै दुई उपमहानगर भएको एक मात्र जिल्ला भएको हो । सरकारले सुनसरीमा रामधुनी भासी नगरपालिका समेत थप गरेको छ भने यसअघि नै इनरुवा नगरपालिका थियो भने गत बर्ष मात्र दुहवी भलुवा नगरपालिका घोषणा भएको थियो ।
इटहरी उपमहानगर पालिकामा पकली, एकम्बा र खनार गाभिएका छन् । अब इटहरीमा २६ वडा भएका छन् ।
यस्तै धरान उपमहानगरमा विष्णुपादुका गाविस गाभिएको छ । उपमहानगर घोषणा भएसँगै गएराती इटहरीमा इटहरीबासीले दिपावली गरी उपमहानगर घोषणाको स्वागत गरेका थिए ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg