गृहपृष्ठ » News » रोटरीको रोटा व्याडमिन्टन

रोटरीको रोटा व्याडमिन्टन

 Posted by Itahari Fm | २०७१ कार्तिक ११ | १८८ पटक

रोटरी क्लब अफ इटहरीले रोटरीका सदस्यहरुबिच इटहरीमा राष्ट्रिय स्तरको रोटा ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने भएको छ । रोटरी क्लब अफ इटहरीले इटहरीमा पत्रकार सम्मेलन गरि आउदो १४ गते इटहरी ५ स्थित इटहरी ब्याडमिन्टन क्लबको कोर्टमा प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको छ ।
रोटरी क्लबका सदस्यहरुबिच भाइचारा अभिवृद्धि गर्ने उदेश्यले आयोजना गरिएको प्रतियोगितामा हालसम्म देशभरका ६४ वटा टिमले दर्ता गरिसकेको प्रतियोगिताका संयोजक सुरेश कार्कीले जानकारी दिनुभयो । विभिन्न चार इभेन्टमा हुने प्रतियोगिताका विजेताले २० हजार र उपविजेताले १० हजार नगद पुरस्कार पाउने रोटरी क्लब अफ इटहरीका अध्यक्ष अनन्न बिष्टले बताउनुभयो । आयोजकका अनुसार भेट्रान्स डबल, ओपन डबल, मिक्स डबल र मेन्स सिंगलका इभेन्ट रहनेछ ।
प्रतियोगितामा कुल चार लाख ४६ हजार खर्च लाग्ने आयोजकले जानकारी दिनुभयो । प्रतियोगितामा एउटा इभेन्टमा सहभागीताका लागि तीन हजार शुल्क लाग्ने बताईएको छ ।।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook