गृहपृष्ठ » अर्थतन्त्र » भाइटीकाको साइत ११ बजेर ३५ मिनेटमा

भाइटीकाको साइत ११ बजेर ३५ मिनेटमा

 Posted by Itahari Fm | २०७१ कार्तिक २ | १३७ पटक

यस वर्षको भाइटीकाको साइत यही कात्तिक ८ गते शनिबार बिहान ११ बजेर ३५ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।     सर्वसाधारणका लागि तिहारको भाइटीकामा साइत नचाहिने भए पनि साइत नै खोजेर टीका लगाउन चाहनेका लागि यो साइत निकालिएको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।   कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीया तिथिसम्म पाँच दिन मनाइने तिहार अर्थात् यमपञ्चक पर्व यस वर्ष कार्तिक ४ गते मङ्गलबारदेखि सुरु हुँदैछ । ४ गते काग तिहार, ५ गते कुकुर तिहार, ६ गते लक्ष्मी पूजा, ७ गते गाईपूजा, गोवद्र्धनपूजा र नेवार समुदायले मनाउने नयाँ वर्ष अर्थात् नेपाल संवत् ११३५ एवम् म्हपूजा परेको छ ।     यस्तै, कात्तिक ८ गते भाइटीका परेको छ । भाइटीकाको दिनलाई तिहारको सबैभन्दा महत्वपूर्ण दिनका रूपमा मनाउने गरिन्छ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook