गृहपृष्ठ » News » एसिड उछिट्टिँदा इटहरीमा दस जना घाइते

एसिड उछिट्टिँदा इटहरीमा दस जना घाइते

 Posted by Itahari Fm | २०७१ असोज १७ | २४२ पटक

इटहरीको मुख्य चोकमा बसको रेडिवाटर बक्स खोल्ने क्रममा एसिड उछिट्टिँदा १० जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था चिन्ताजनक रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
प्रहरीका अनुसार विराटनगरबाट धरानतिर जाँदै गरेको मे १ ख १२५२ नम्बरको ओम साइ ट्राभल्सको यात्रुबाहक बसको रेडिवाटर बक्स तातेपछि पानी हाल्नका लागि खोल्ने क्रममा नजिकै बसेका दुहवी–२ का ३५ वर्षीय महम्मद आदम र खनार–५ की १५ वर्षीया भूमिका सुवेदी गम्भीर घाइते भएका छन् ।
यसैगरी घटनामा खनार–५ कै ११ वर्षीया पूजा सुवेदी, ३६ वर्षीया मेनुका सुवेदी, २५ वर्षीया रीता चौहान र उनकी आमा नन्दाकुमारी चौहानलगायत घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि तत्काल बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।
चालक विराटनर तीनपैनीका ४५ वर्षीय बलराम खतिवडालाई आवश्यक छानबिनका लागि इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook