गृहपृष्ठ » News » एसियाली खेलकुदमा बिमलाले दिलाईन कास्य

एसियाली खेलकुदमा बिमलाले दिलाईन कास्य

 Posted by Itahari Fm | २०७१ असोज १६ | २०५ पटक

१७ औं एसियाली खेलकुदको १३ औं दिन नेपालले पदकको खाता खोलेको छ । कराँते खेलाडी विमला तामाङले कास्य पदक पक्का गरेपछि नेपाल पदकविहीन हुनबाट जोगिएको छ ।

महिला काँतातर्फ सेमिफाइनलमा पराजित भएपछि विमलाले कास्य पदकको लागि उत्तर कोरियाकी खेलाडीसँग प्रतिस्पर्धा गरेकी थिइन । जिउ काङविरुद्धको उक्त खेल ५–० ले जित्दै विमलाले कास्य पदक सुरक्षित गरेकी हुन् ।

यसअघि आजको पहिलो खेलमा पुरुष काँतातर्फ नेपालका पर्शुराम बास्तोलाले साउदी अरेबियाका खेलाडीलाई हराएका छन् । तर, क्वार्टरफाइनल खेलमा भने बास्तोलालाई मलेसियाका ची वे लिमले ५–० ले हराए । आजै कराँतेतर्फको ६७ केजी तौल समूहमा मुकुन्द महर्जनले तुर्कमेनिस्तानका खेलाडीसँग र ७५ केजी समूहमा दिवस श्रेष्ठले कुवेती खेलाडीसँग खेल्दैछन् ।

एथ्लेटिक्सको महिला म्याराथनमा लामो समयदेखि अमेरिकामा बस्दै आएकी स्वरुपा खड्काले नेपालको प्रतिस्पर्धा गरेकी छिन । सहभागी १६ मध्ये १५ औं स्थानमा दौड सकाएकी स्वरुपाले ३ घन्टा ४१ सेकेन्डमा रेस सकिन् ।।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook