काठमाडौंबाट इटहरीका लागि छुटेको यात्रुबाहक बस पूवर्प पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको कालिन्जोर ७ मा आज बिहान पल्टिदा १३ यात्रु घाईते भएका छन् । घाईते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।
काठमाण्डौबाट इटहरीका लागि छुटेको बा ३ ख ४०२० नम्वरको बस बिहान साँढे ४ बजे अनियन्त्रित भई सडक भन्दा उत्तरतर्फ पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनामा बसका चालक भक्तपुरको मध्यपुरठिमीका ३० वर्षीय जगतकृष्ण प्रजापति, मोरङ बिराटनगर १३ की १३ वर्षीय आकृति दुलाल र झापा दमक ११ की २९ वर्षीय अर्पणा श्रेष्ठ गम्भीर घाईते भएका छन् ।
उनीहरुलाई थप उपचारका लागी काठमाण्डौको टिचिङ अस्पताल रिफर गरिएको छ । सामान्य घाईते केहिको लालबन्दी स्थित मोडेल अस्पताल र अन्य केहिलाई पनि काठमाण्डौ रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।।






