पूर्वराजा ज्ञानेन्द्र शाहलाई हृदयघात
पूर्वराजा ज्ञानेन्द्र शाहलाई हृदयघात भएको छ । निवासमै रहेदा गएराती अबेर पूर्वराजा शाहलाई हृदयघात भएको हो । राती १० बजेतिर अचानक चिटचिट पसिना आउने र रिंगटा लाग्ने समस्या देखिएपछि परिवारका सदस्यले शाहलाई तत्काल नर्भिक अस्पताल पुर्याएका थिए । नर्भिक श्रोतका अनुसार शाहको एउटा मुटुको नशा बन्द भएपछि मुटुमा स्टेन प्रत्यारोपण गरी बन्द नशा खुलाएको छ । हाल शाहको अवस्था खतरामुक्त भएपनि अस्पतालले औपचारिक जानकारी भने परिवारको सल्लाहपछि मात्र गर्ने जनाईएको छ । शाहलाई राती ११ बजे अपरेसन कक्षबाट सिसियु कक्षमा सारिएको अस्पताल श्रोतले जानकारी दिएको छ ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed