गृहपृष्ठ » अर्थतन्त्र » दसैंको टीकाको साइत १० बजेर १५ मिनेटमा

दसैंको टीकाको साइत १० बजेर १५ मिनेटमा

 Posted by Itahari Fm | २०७१ भदौ २७ | २६५ पटक

यस वर्ष दसैंको टीका लगाउने साइत विहान १० बजेर १५ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

असोज १७ गते शुक्रवार देवी विसर्जनको साइत बिहान ९ बजेर ५५ मिनेटमा रहेको छ भने टीका र प्रसाद ग्रहणका लागि बिहान १० बजेर १५ मिनेटको साइत उत्तम रहेको समितिका सभापति प्राध्यापक डा रामचन्द्र गौतमले बताए । शास्त्रीय मान्यताअनुसार सामान्य मानिसलाई टीका र प्रसाद ग्रहण गर्न साइत चाहिँदैन ।

समितिका अनुसार घटस्थापनाको दिन जमरा राख्ने साइत असोज ९ गते बिहीबार बिहान १० बजेर ४५ मिनेटमा छ । यस वर्ष महानवमी र बिजया दशमी एकै दिन असोज १७ गते परेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । दशैंलाई नवरात्र भनिने गरे पनि यसपटक आठ रात्री मात्र परेको गौतमले बताए ।

यस वर्ष आठ रात नौ दिनको नवरात्र परेको छ । नौ रात दश दिनको अवधि लगाएर शक्तिको प्रतीकका रुपमा दुर्गा देवीको पूजा पाठ गरिने भए पनि तिथिको घटबढका कारण यस वर्ष यस किसिमको योग परेको हो ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook